संगालोखबर


झापा । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा हात्तीको आक्रमणबाट ६५ वर्षीय वाङ्दी गुरुङको मृत्यु भएको हो ।

आज बिहान ९ बजेतिर जङ्गलमा घाँस काटेर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङलाई समूहमा भेला भएका जङ्गली हात्तीले लखेटेका थिए । कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शव परिवारको जिम्मा लगाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!