संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङ, सुनसरी, झापा, र उदयपुरबाट ब्राउन सुगर र निषेधित औषधीसहित उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापाको  मेचीनगर नगरपालिका-६ स्थित लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई पक्राउ गरेको छ । उनको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरी टोलीले बेलबारी-१० भाउन्ने का १७ वर्षीय आर्यन धिमाल र २० वर्षीय दिपेश राईलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट  प्रहरीले ट्रामाडोल पाँच सय क्याप्सुल र डिकोलिक पाँच सय ट्याबलेट बरामद गरेको छ ।

उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका-३ का २० वर्षीय केवल चौधरीलाई  निषेधित एम्पुल १८ वटा र ६० ट्याबलेट नाइट्रोभेटसहित नियन्त्रणमा लिएको छ । यस्तै इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आठ जनालाई पक्राउ गरेको छ ।

इटहरी-६ का ३६ वर्षीय कृष्ण प्रसाद प्रसाईँ र ३३ बर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारी एक सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

इटहरी-१६ का २० वर्षीय अमन चौधरी र इटहरी-१७ का २० वर्षीय रजिंत चमार दुई ग्राम तीन सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यसैगरी इनरुवा नगरपालिका-५ का २५ वर्षीय प्रेम कुमार खंग र इनरुवा-३ का २८ वर्षीय शङ्कर कुमार देव दुई ग्राम पाँच सय मिलिग्राम  ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!