संगालोखबर


झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका ३ का ३६ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर मृत्यु भएको हो ।

हिजो घर नजिकैको खोलामा पानी तान्ने मोटरको तार खोलेर लगाउँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गिरीको अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!