झापा । झापाको दमक-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा इलामको माई नगरपालिका-५ का २६ वर्षीय कमल बुर्जामगरको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमकमा डेरा गरेर बस्दै आएका थिए ।
सिटी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।