संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ वर्षीय विनायक थुलुङलाई पक्राउ गरेको हो ।। उनलाई तीन ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट निषेधित औषधी ट्रामानिल २४० क्याप्सुल र निट्राजेपाम २० ट्यावलेटसहित रामधुनी-१ का २० वर्षीय विवेक यादव पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-६ का १९ वर्षीय मो. दावुतलाई ट्रामाडोल १२० क्याप्सुल र स्पास्पेन १२० ट्यावलेटसहित नियन्त्रणमा लिएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–२ का २१ बर्षीय समिर राईलाई पक्राउ गरेको छ । उनको साथबाट ५० ग्राम गाँजा र ट्रामाडोल १६ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!