संगालोखबर
फाइल तस्बिर

झापा । मेची भन्सार कार्यालयबाट चिया निर्यात बढेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६९.२२ प्रतिशतले चिया निर्यात बढेको हो । भन्सार कार्यालयका अनुसार साउन देखि कात्तिकसम्म आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

परिमाण बढेसँगै मूल्य पनि ६७.८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो चार महिनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको कँडेलको भनाइ छ ।

Advertisement

गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको तथ्याङ्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!