संगालोखबर
फाइल तस्बिर

झापा । झापामा रोगका कारण दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति भएको छ । ‘डर्टी पेनिकल’ नामक रोगका कारण झापाका पाँच पालिकाको दुई सय बिघामा लगाइएको धानमा क्षति पुगेको हो ।

भद्रपुर, हल्दीबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही ठाउँमा यो रोग देखा परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार यो रोगले धान उत्पादनमा ८० प्रतिशत ह्रास आउन सक्ने छ ।

Advertisement

रोगका कारण बाला निस्कने बेलामा धान कालो हुने, सुक्ने र फोहोर देखिने उनले बताए । धान रोप्ने बेलामै बीउको उपचार गरेको अवस्थामा ‘डर्टी पेनिकल’ बाट बाली जोगाउन सकिने विष्टले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताउनुभयो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!