झापा । चट्याङ लागेर झापामा गएराती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ का ३६ वर्षीय कुमार मोते छन् ।
राती करिब १० बजे कुमारलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोदेखि झापासहित विभिन्न जिल्लामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।