उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
विराटनगर । उदयपुरको रौतामाई गाँउपालिका-७ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति चेकजाँचका क्रममा उदयपुरगढी-७ का २६ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।
गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३-०२-०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनका सम्बन्ध...

























