उदयपुरमा छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुरमा छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर । उदयपुरमा एक १४ वर्षीया छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यपक पक्राउ परेका छन् । बेलका नगरपालिका-२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्ग्लिस बोर्डिङका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले भदौ १४ गते बिहान करिब १०ः४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितका आफन्तबाट उजुरी परेको प्रहरीले जनाएको छ । ‘आफन्तबाट हिजो ...
उदयपुरबाट खोला किनारमा बेवारिसे राखिएको कारबाट गाँजा बरामद

उदयपुरबाट खोला किनारमा बेवारिसे राखिएको कारबाट गाँजा बरामद

विराटनगर । उदयपुरको बेलका नगरपालिका-२ स्थित जगना खोला किनारबाट प्रहरीले गाँजा बरामद गरेको छ । प्रहरीले कारभित्र र खोला किनारबाट २ सय ४० किलो गाँजा बरामद गरेको हो । सोमबार खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा २१ च १८११ नम्बरको कारबाट दुई बोरा र खोला किनारबाट सात वटा बोरामा प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । कार र गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखि...
उदयपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

उदयपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजगरामा जंगली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गवनी, गीता र सरितालाई थप उपचारका लागि बीपी कोइराला स्...
उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी 

उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी 

विराटनगर । उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी भएका छन् । बुधबार राति त्रियुगा नगरपालिका-७ नमुना चोकका जितेन्द्र राईको घरमा जन्मदिनको भोज खाँदा उनीहरू बिरामी भएका हुन् । छरछिमेकलाई बोलाएर जन्मदिन मनाउने क्रममा विभिन्न परिकारहरू बनाइएको थियो । प्रहरीका अनुसार उनीहरूले रोटी, अचार, पुरी, बुनियाँ, पुवा आदि खाएका थिए । उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार उनीहरूलाई झाडापखाला...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले उदयपुरका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा दुई विद्यालयका एक सय १० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । त्रियुगा नगरपालिका-१० को बालमन्दिर माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका-११ को त्रियुगा माध्यमिक विद्यालय गाईघाटका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ । ...
उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान भएको दुर्घटनामा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट आएको ट्रक इ...
उदयपुरबाट ३० किलो गाँजासहित महिला पक्राउ

उदयपुरबाट ३० किलो गाँजासहित महिला पक्राउ

उदयपुर । उदयपुरबाट गाँजासहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका-८ बबलाकी ४५ वर्षीया देवकुमारी थापामगर छिन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बुधबार ३० किलो ३६० ग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो । प्रहरीले उनकै घरबाट गाँजा बरामद गरेको हो ।  उनलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।
उदयपुरमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुरमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुर । उदयपुरमा भ्यानले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-७ चुहाडेकी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको हो । आइतबार कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८-००१ ज ००७१ नम्बरको भ्यानले वृद्धालाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्र...
उदयपुरमा तरकारी बोकेको बोलेरोभित्र गाँजा, धनकुटाका राई पक्राउ

उदयपुरमा तरकारी बोकेको बोलेरोभित्र गाँजा, धनकुटाका राई पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्धिचरण लोकमार्गमा गाँजासहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का २९ वर्षीय तेज राई छन् । सोमबार अपराह्‍न कटारीबाट सिरहाको मिर्चैयातर्फ जाँदै गरेको को १ ज १२७५ नम्बरको बोलेरो गाडीलाई शङ्का लागेर चेकजाँच गर्दा चार सय ३६ किलो एक सय ४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तरकारीले छोपेको अ...
उदयपुरमा अस्पताल लैजाँदै गर्दा गर्भवती महिलाको ज्यान गयो

उदयपुरमा अस्पताल लैजाँदै गर्दा गर्भवती महिलाको ज्यान गयो

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुनकी एक गर्भवती महिलाको प्रसुती गराउन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लैजाने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो । उनको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । सुत्केरी व्यथा लागेपनि ढि...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-२ का ३२ वर्षीय अनिल राजवंशी छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका राजवंशीको विराट टिचिङ अस्पताल बुढीगंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...
उदयपुरको त्रियुगा नदीमा बेपत्ता युवक मृत भेटिए

उदयपुरको त्रियुगा नदीमा बेपत्ता युवक मृत भेटिए

विराटनगर । उदयपुरको त्रियुगा नदीमा बेपत्ता भएका युवक मृत भेटिएका छन् । चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका चौदण्डीगढी-६ कालीखोलाका ३० वर्षीय सुरज राईको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार सोमबारदेखि नै उनको खोजी भइरहेको थियो । प्रहरीका अनुसार उनी सोमबार साथीहरूसँग नुहाउन गएका थिए । सोही क्रममा उनी माछा मार्ने क्रममा बेपत्ता भएका...
उदयपुरमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । उदयपुरमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कटारी नगरपालिका-८ दमार स्थित सिद्धिचरण लोकमार्गमा काम गर्ने क्रममा जेसीबी दुर्घटना भएको हो । दुर्घटनामा जेसीबी चालक कटारी-१० का २२ वर्षीय नवीन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार को १ क २७९५ नम्बरको जेसीबी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खस्दा चालकको ढाडमा चक्काले किचेको थियो । जेसीबी...
उदयपुरमा भेटियो दुई जनाको शव

उदयपुरमा भेटियो दुई जनाको शव

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ अमलचौरीमा आज बिहान दुई जनाको शव फेला परेको छ । स्थानीय १४ वर्षीया मञ्जु राई र २८ वर्षीय रवीन्द्र राईको शव दुई सय मिटरको फरकमा भेटिएको हो । मञ्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने रवीन्द्र झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । स्थानीयले मञ्जुको शव बाटोमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नजिकै ...
उदयपुरबाट हराएको बस गोलबजारमा भेटियो

उदयपुरबाट हराएको बस गोलबजारमा भेटियो

विराटनगर । उदयपुरबाट हराएको बस सिरहाको गोलबजार-६ स्थित गुम्बा चोकमा भेटिएको छ । सोमबार बिहानको राति करिब २ बजेतिर कटारी नगरपालिका-३ स्थित कटारी बसपार्कबाट पार्किङमा राखिएको बस हराएको थियो । प्रहरीका अनुसार पार्किङ गरेर राखिएको मधेश प्रदेश ०२-००१ ख ०२५२ नम्बरको रातो रंगको बस चोरी भएको भनेर चालकले जानकारी गराएका थिए । खोजी गर्ने क्रममा गोलबजारमा फेला परेको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल...
कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सोमबार मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले कोशी गाँउपालिका-३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । झापाको भद्रपुर नगर...
उदयपुरबाट ११ सय किलो गाँजासहित दुई महिला पक्राउ

उदयपुरबाट ११ सय किलो गाँजासहित दुई महिला पक्राउ

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-२ बाट गाँजा ओसार-पसारमा संलग्न दुई महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार चौदण्डीगढी-१ की रत्नमाया श्रेष्ठ र सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठ पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले  रत्नमायाको घर खानतलासी गर्दा एक हजार एक सय ४३ किलो गाँजा बरामद भएको हो । ३५ वटा पोका बनाएर लुकाएर राखेको अवस्था...
उदयपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

उदयपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

उदयपुर । उदयपुरमा १४ वर्षीया बालिकालाई चार जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । कटारी नगरपालिका वडा नं.४ की बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न भएको आरोपमा कटारी-४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, २० वर्षीय नवीन श्रेष्ठ, २० वर्षीय जीवन तामाङ र १९ वर्षीय पुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले...
उदयपुरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

उदयपुरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका-९ हडियास्थित मुसहर्निया टोल स्थित सोवित खत्रीको घरमा आगलागी भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर लागेको आगोले घरसँगै अन्नपात, गरगहना, भाँडावर्तनलगायत सामान जलेका छन् । जसबाट ४० लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ । आगलागी भएपछि ग्यास सिलिन्डर पनि पड्किएको थियो । बेमौसमी वर्षासँगै त्रियुगा नदीमा आएको बाढीले ...
सप्तकोसी नदीमा हामफालेका व्यक्तिको मृत्यु

सप्तकोसी नदीमा हामफालेका व्यक्तिको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट सप्तकोशी नदीमा हामफालेका व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान १०ः४५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकरजंग राईले सप्तकोसीको पुलबाट नदीमा हामफालेका थिए । प्रहरीले जानकारी पाउनासाथ उनलाई उद्दार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो । प्रहरीका अनुसार उनको उपचारकै क्रममा मृत...
उदयपुरको त्रियुगा नदीले बगायो बस

उदयपुरको त्रियुगा नदीले बगायो बस

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । उदयपुर प्रहरीका अनुसार जन्ती पुर्‍याएर फकिँदै गरेको बस बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार सोमबार राति सप्तरीमा जन्ती पुर्‍याएर को १ ख ४७५३ नम्बरको बस बेल्टारतर्फ फर्किँदै थियो । ‘त्यहाँबाट खासै गाडी ओहोर-दोहोर गर्दैनन्’, डीएसपी दोङले संगालोखबरसँग भने, ...
उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु, युवक गम्भीर घाइते

उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु, युवक गम्भीर घाइते

विराटनगर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने युवक गम्भीर घाइते भएका छन् । दुर्घटनामा हलेसी तुवाचुङ नगरपालिका-४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका इटहरी-२० का २३ वर्षीय युजन राईको विराटनगरस्थित न्युरो अस्पत...
उदयपुरमा बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

उदयपुरमा बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-८ फूलबारीमा चट्याङ लागेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको हो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
उदयपुरमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते 

उदयपुरमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते 

विराटनगर । उदयपुरको कटारी नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक नगरपालिका-३ का ५५ वर्षीय माधब बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । चितवनबाट झापा तर्फ आउँदै गरेको  मे १ च ३०४० नम्बरको स्कारपियो बिहीब...
उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ 

उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ 

विराटनगर । उदयपुरको रौतामाई गाँउपालिका-७ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति चेकजाँचका क्रममा उदयपुरगढी-७ का २६ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३-०२-०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनका सम्बन्ध...
सप्तकोसी नदीबाट १८० किलो गाँजा बरामद

सप्तकोसी नदीबाट १८० किलो गाँजा बरामद

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोसी नदीबाट बेवारिसे अवस्थामा रहेको गाँजा बरामद भएको छ । आज बिहानको राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक सय ८० किलो गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युवमाथि नदीमा तैरि रहेको अवस्थामा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार ६ वटा प्लाष्टिकको बोरामा ...
मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

विराटनगर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बिच भाग भाँचिएको छ । बुधबार रातीको वर्षापछिको बाढीले मिर्चैया-कटारी-घुर्मी सडक योजना अन्तरगत निर्माणाधीन अवस्थाको पक्की पुल भाँचिएको हो । बेमौसमी वर्षा पछिको बाढीले अमाह खोलामा लगाइएको उक्त पुलमा क्षति पुगेको जनाइएको छ । बाढीका कारण पुलमुनि लगाइएको ह्‍युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पु...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार झापा, मोरङ र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट भारत वेस्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मन १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।  अर्जुनधारा-४ का २८ वर्षीय भुवन न्यौपानेलाई घरबाटै १ ग्राम ९ सय ४० मिलिग्राम ब्राउन सुगरसहित प्...
उदयपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक वृद्धको मृत्यु

उदयपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक वृद्धको मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-४ स्थित मुसहरी टोलमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर सिन्धुलीको दुधौली नगरपालिका-५ का ७१ वर्षीय अमर बहादुर सुनुवारको मृत्यु भएको हो । शुक्रबार दिउँसो कटारीबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल प्र ०२-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलले साइकलमा सवार सुनुवारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका...
उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

उदयपुरबाट बेवारिसे अवस्थामा आठ सय ९१ किलो गाँजा बरामद

विराटनगर । उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बेलका नगरपालिका-६ असारे स्थित मूर्तिखोलाबाट सशस्त्र प्रहरीले आठ सय ९१ किलो गाँजा बरामद गरेको हो । शनिबार साँझ सशस्त्रले ठूलो परिमाणमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचना पाएको थियो । सोही सूचनाका आधारमा खटिएको टोलीले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्र हुँद...
उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका-७ मा मङ्गलबार दिउँसो भएको आगलागीबाट एक करोड २२ लाख बराबरको क्षति भएको हो । शरण कुमार राईको घरबाट विद्युत सर्ट भएर लागेको आगोले छिमेकी सर्वधन राई र कालुमान राईको घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै अन्य चार घरमा समेत आंशिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थान...
error: Content is protected !!