संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा एक १४ वर्षीया छात्रालाई विद्यालयमै बलात्कार गरेको आरोपमा प्रधानाध्यपक पक्राउ परेका छन् । बेलका नगरपालिका-२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्ग्लिस बोर्डिङका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठले भदौ १४ गते बिहान करिब १०ः४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितका आफन्तबाट उजुरी परेको प्रहरीले जनाएको छ ।

Advertisement

‘आफन्तबाट हिजो साँझ उजुरी परेको थियो’, उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङले संगालोखबरसँग भने, ‘सोही आधारमा हिँजो बेलुका नै आरोपितलाई पक्राउ गरिएको छ ।’

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धानका लागि आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको उनले जानकारी दिए । श्रेष्ठलाई रामपुरठोक्सीला प्रहरी कार्यालयमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!