
उदयपुर । उदयपुरबाट गाँजासहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका-८ बबलाकी ४५ वर्षीया देवकुमारी थापामगर छिन् ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बुधबार ३० किलो ३६० ग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनकै घरबाट गाँजा बरामद गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













