संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुनकी एक गर्भवती महिलाको प्रसुती गराउन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लैजाने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो ।

उनको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Advertisement

सुत्केरी व्यथा लागेपनि ढिलोगरी अस्पताल लैजाँदा उनको मृत्यु भएको अनुमान गरिएको छ । उनका श्रीमान वैदेशिक रोजगारमा गएका छन् भने घरमा आठ वर्षीय छोरामात्रै भएको बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!