संगालोखबर
फाइल तस्बिर

उदयपुर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्धिचरण लोकमार्गमा गाँजासहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का २९ वर्षीय तेज राई छन् ।

सोमबार अपराह्‍न कटारीबाट सिरहाको मिर्चैयातर्फ जाँदै गरेको को १ ज १२७५ नम्बरको बोलेरो गाडीलाई शङ्का लागेर चेकजाँच गर्दा चार सय ३६ किलो एक सय ४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार तरकारीले छोपेको अवस्थामा १२ वटा बोरामा गाँजा फेला परेको थियो । गाडी र गाँजासहित राईलाई इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!