
विराटनगर । उदयपुरको बेलका नगरपालिका-२ स्थित जगना खोला किनारबाट प्रहरीले गाँजा बरामद गरेको छ । प्रहरीले कारभित्र र खोला किनारबाट २ सय ४० किलो गाँजा बरामद गरेको हो ।
सोमबार खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा २१ च १८११ नम्बरको कारबाट दुई बोरा र खोला किनारबाट सात वटा बोरामा प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
कार र गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी तीब्र पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१७ बाट सोही स्थानका २२ वर्षीय मौसम राई र योगेन राईलाई ट्रामाडोल १ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेट सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













