संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४५ करोड ५८ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा आइतबार भएको दोस्रो गाउँसभाको पाँचौ अधिवेशनमा उपाध्यक्ष रत्नश्वरी राईले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

Advertisement

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ३७ लाख बजेट विनियोजन गरिएको छ । व्यावसायिक पशुपालन कार्यक्रम विकास र सुधारका लागि आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष राईले जानकारी गराइन् । पशुपक्षी विकासतर्फ समग्रमा ३७ लाख रकम छुट्याइएको छ । स्वास्थ्य, शिक्षा, खेलकुद लगायत क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । 

नेपाल सरकारको मापदण्डमा रही गाँजा खेतीलाई व्यावसायिक खेती बनाउन आवश्यक प्रबन्ध गरिने पनि बजेट नीति तथा कार्यक्रममा समावेश छ । गाउँपालिकाको समग्र स्वास्थ्य क्षेत्रका लागि ४५ लाख विनियोजन गरिएको छ । स्थानीय पाठ्यक्रम लेखन तथा छपाइका लागि ६ लाख, विद्यालयमा विद्युतीय हाजिरी जडानका लागि ५ लाख, स्थानीय भाषाको संरक्षण तथा प्रोत्साहन गर्न १६ लाख ६० हजार विनियोजन गरिएको छ ।

यस्तै, युवा तथा खेलकुद कार्यक्रमतर्फ ३० लाख, रोजगार कार्यक्रमतर्फ २४ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २३ लाख ८० हजार, न्यायिक समितितर्फ २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । पालिकाको स्रोतबाट सञ्चालन गरिने सडक योजनाका लागि १ करोड २५ लाख, विशेष अनुदानतर्फ छिन्ताङ कागुने स्वास्थ्य चौकी भवन निर्माणका लागि ९५ लाख विनियोजन गरिएको छ । यस्तै, सिंचाइतर्फ २८ लाख ८० रकम विनियोजन गरिएको छ ।

गाउँपालिकाको आन्तरिक आयतर्फ ७० लाख, राजश्व बाँडफाँडबाट ८ करोड ४२ लाख ११ हजार, संघीय सरकारबाट प्राप्त हुने ३३ करोड ३३ लाख ४७ हजार र प्रदेश सरकारबाट प्राप्त हुने २ करोड ४९ लाख १७ हजार, सडक बोर्ड तर्फको २० लाख तथा चालु आर्थिक वर्षको मौज्दात १ करोड गरी जम्मा ४५ करोड २८ लाख ७५ हजार बराबरको आम्दानी हुने अनुमान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!