संगालोखबर

 

Advertisement

विराटनगर । मुलुकबाट निर्यात हुने वस्तुहरुको सूचीमा पूर्वी पहाडी जिल्लाको मुख्य उत्पादन अलैंची अग्रणी स्थानमा पर्छ । यसको निर्यातबाट उल्लेख्य आम्दानी हुने गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

अलैंची मुख्य रुपमा कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गर्छ । सबैभन्दा बढी ताप्लेजुङ जिल्लामा उत्पादन हुने अलैंची, इलाम, पाँचथर, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुमलगायत जिल्लामा पनि उल्लेख्य परिमाणमा उत्पादन हुने गरेको छ ।

नेपाली अलैंची भारत, इटाली, पाकिस्तान, अमेरिका, जर्मनीलगायत मुलुकमा निर्यात हुने गरेको छ । अघिल्लो वर्ष भारतमा ९ हजार मेट्रिकटन भन्दा बढी नेपाली अलैंची निर्यात भएको तथ्यांक छ । यस्तै, पाकिस्तानमा ४३ मेट्रिकटन अलैंची निर्यात भएको छ ।

नेपालबाट निर्यात हुने मुख्य वस्तुहरुमा गलैंचा, अलैंची, फलाम र स्टिल छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । यो अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम हो ।

नेपालमा आयात हुनेमा मुख्य वस्तुमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । विभागका अनुसार १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल उक्त अवधिमा आयात भएको छ । यसैगरी ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको तथ्यांक छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!