कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्यरूपमा दिवस मनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रूपमा मात्र नभई भव्य तरिकाले मनाउन निर्देशन दिए । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी म...






























