
विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच हजार तीन सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













