धनकुटामा पोखरीमा डुबेर महिलाको मृत्यु

धनकुटामा पोखरीमा डुबेर महिलाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा पोखरीमा डुबेर आज एक महिलाको मृत्यु भएको छ । सिचाईका लागि निर्माण गरिएको पोखरीमा डुब्दा चौबिसे–२ की ३२ बर्षीया सरस्वती मगरको मृत्यु भएको हो । चौबिसे–२ मा सिचाईका लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा बिहान करिब ९ बजे मगर डुबेकी हुन् । हिड्दै गर्दा चिप्लिएर पोखरीमा खसेकी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । स्थानीयबासीले घट...
अब देशभरका हरेक वडामा वाईफाई

अब देशभरका हरेक वडामा वाईफाई

काठमाडौं । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘...
सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्ने बारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् । सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भए...
संखुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता

संखुवासभामा पहिरोले ७ घर बगायो, ११ जना बेपत्ता

संखुवासभा । संखुवासभामाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । अबिरल बर्षापछ गए राती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी बर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।
झापामा बाढीका कारण एकको मृत्यु, पाँच परिवार विस्थापित

झापामा बाढीका कारण एकको मृत्यु, पाँच परिवार विस्थापित

झापा । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चा...
कृषकलाई मकै रोप्ने मेसिन प्रदान

कृषकलाई मकै रोप्ने मेसिन प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकेट क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिनसहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उ...
४६ स्थानीय तहले अझै ल्याएनन् बजेट

४६ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौं । असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् ।कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहँदा निर्धारित समयमा बजेट प्रस्तुत हुन नसकेको जनाइएको छ । प्...
शुल्क तिरेर कोरोना परीक्षण गराउन पाइने

शुल्क तिरेर कोरोना परीक्षण गराउन पाइने

काठमाडौं । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय नि...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ गरेका छन् । दमक नगरपालिका–१ बाट गएराती ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । ४९.१ ग्राम लागुऔषध ब्राउन सुगर र ५२ हजार ६ सय ५ रुपैयाँ नगदसहित ईलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ बस्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ–३ का १६ बर्षीय रोहन राई पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ...
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

ईलाम । ईलाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । खेत जोतेर फर्कदै गरेको मे.१ त.७४४० नम्बरको ट्याक्टर माई नगरपालिका–१ पालटारमा दुर्घटना हुँदा ट्याक्टर चालक स्थानीय २१ बर्षीय सुजन बिश्वकर्मा र ११ बर्षीय नितेश गिरीको मृत्यु भएको हो । त्यस्तै ट्याक्टरमा सवार १९ बर्षीय समिर बिश्वकर्मा घाईते भएका छन् । झापाको बि.एण्ड.सी. अस्पतालमा उनको उपचार भईरहेको छ । खेत जोतेर फर्...
महालक्ष्मी नगरपालिकाद्वारा कृषकलाई फलफूलका ८ हजार बिरुवा वितरण

महालक्ष्मी नगरपालिकाद्वारा कृषकलाई फलफूलका ८ हजार बिरुवा वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफूलका ८ हजार भन्दा बढी बिरुवा वितरण गरेको छ । नगर क्षेत्र भित्रका करिब ९ सय किसानलाई फलफूलका ८ हजार ५ सय बिरुवा प्रदान गरिएको हो । कृषकहरुलाई फलफूल खेतीमा आकर्षित गराउँदै उत्पादन बढाउँन सघाउने उद्धेश्यले बिरुवा वितरण गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । कृषकहरुलाई कागतीका २ हजार ५ सय, एबोका...
भोजपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको पौवादुम्बा गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुब्दा पौवादुम्बा–३ का १८ बर्षीय दिवस राईको मृत्यु भएको हो । राई डुबेको खबर थाहा पाएपछि ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् । मिक्लाजुङ–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका दुई जना बिरामी भएका हुन् । बिरामी हुँनेमा स्थानीय ५४ बर्षीया तिलमाया चौहान र उनका छोरा १७ बर्षीय पुर्णबहादुर छन् । बुधवार बेलुकाको खानामा जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी भएका दुबै जनालाई गएराती सवा १२ बजे उपचारका लाग...
ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतिदेवीस्थित सिद्धिचरण राजमार्गमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंबाट रड बोकेर सोलुको बेनीतर्फ जाँदै गरेको बा.३ ख.९६ नम्बरको ट्रक बिहान साँढे ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सिन्धुपाल्चोकमा भीषण बाढी : १४ घर बगाउँदा ११ जना बेपत्ता, दुईको शव फेला

सिन्धुपाल्चोकमा भीषण बाढी : १४ घर बगाउँदा ११ जना बेपत्ता, दुईको शव फेला

सिन्धुपाल्चोक । भोटेकोसीमा गएराती आएको बाढीले बाह्रबिसे नगरपालिका–५ का १४ घर बगाएको छ । बाढीमा परी ११ जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको छ । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल बाढीले बगाए...
एनएमबि लघुवित्तले पायो घरभाडा छुट

एनएमबि लघुवित्तले पायो घरभाडा छुट

संखुवासभा । एनएमबि लघुवित्त वित्तीय संस्थाको संखुवासभा र भोजपुर शाखालाई घरधनीले भाडा मिनाहा गरेका छन् । संखुवासभाका दुई र भोजपुरका एक शाखालाई घरधनीले असार महिनाको घरभाडा छुट दिएका हुन् । संखुवासभाको धर्मदेवि नगरपालिका–४ माम्लिङमा रहेको शाखा कार्यालयलाई घरधनी टेककुमारी सुव्वा र खादबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको शाखाका घरधनी अखिल श्रेष्ठले घरभाडा छुट दिएका छन् । त्यस्तैगरी भोजपुर नगरपालिका व...
धनकुटाको साँगुरीगढीमा सुरक्षित आवासका लागि जस्तापाता वितरण

धनकुटाको साँगुरीगढीमा सुरक्षित आवासका लागि जस्तापाता वितरण

धनकुटा । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणका लागि आवश्यक सामग्री वितरण थालिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायत सामग्री वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणका लागि आव...
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर–३ का ३५ बर्षीय राजु श्रेष्ठ डाइलेक्स डि.सी. १० बोतल, कउ ७२ चक्की र निट्राभेट १५ चक्कीसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४० प. ५०२७ नम्बरको मोटरसाईकलमा सवार श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
मृगौलापीडित र दुर्घटनामा परेका धनकुटेलीलाई मकाओबाट आर्थिक सहयोग

मृगौलापीडित र दुर्घटनामा परेका धनकुटेलीलाई मकाओबाट आर्थिक सहयोग

धनकुटा । धनकुटाको हिलेका मृगौलापीडित र दुर्घटनामा परेका तीन जनालाई मकाओमा रहेका नेपालीहरुको सस्था इस्टर्न नेपाल यूथ एशोसिएसन अफ मकाओले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आएका मृगौलापीडित लक्ष्मी बर्देबा, सवारी दुर्घटनामा परेका किरण शाक्य र लडेर करङ भाचिएका महाबिर बिकलाई सहयोग प्राप्त भएको हो । हिले फुटबल क्लबको संयोजनमा प्राप्त भएको सहयोग रकम धनकुटा नगरपालिका–१ का...
धनकुटाको सहिदभूमीमा तमोर नदीले बगायो मोटरसाईकल

धनकुटाको सहिदभूमीमा तमोर नदीले बगायो मोटरसाईकल

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–१ देउरालीमा तमोर नदीले मोटरसाईकल बगाएको छ । सहिदभूमी–१ गोपालपुरबाट सहिदभूमी–२ पिलियाटारतर्फ जाँदै गरेको को.३८ प.८०७९ नम्बरको मोटरसाईकल दुर्घटना भएर तमोर नदीमा खसेको हो । दुर्घटनामा परी मोटरसाईकल चालक थामबहादुर राई सामान्य घाईते भएका छन् । बर्षाका कारण देउरालीस्थित सडकमा पहिरो खसेको थियो । पहिरोले सडकको अधिकांस भाग पुरेको छ । पहिरो खसेको ठाउँबाट पार गर्ने क्...
रमेशचन्द्र अधिकारीको धनकुटा चिनारी गीत सार्वजनिक

रमेशचन्द्र अधिकारीको धनकुटा चिनारी गीत सार्वजनिक

धनकुटा । गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुष...
महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण

महालक्ष्मीमा बाली उपचार शिविर, रोग पहिचान गरी जैविक बिषादी वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आईतबार एक दिने बाली उपचार शिविर संचालन गरिएको छ । महालक्ष्मी नगरपालिकाको संयोजनमा कृषि ज्ञान केन्द्र धनकुटाले जीतपुरमा शिविर आयोजना गरेको हो । बालीमा लागेको रोग पहिचान गरी उपचार गरेर उत्पादन घट्न नदिने उद्धेश्यले शिविर संचालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । जीतपुर, मारेककटहरे, लेगुवा, मुर्तिढुंगा लगायत क्षेत्रका ५३ जना ...
बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान

बेलबारीमा आगलागी हुँदा १० लाखको क्षति, नगरपालिकाद्वारा राहत प्रदान

बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ का हरी सुवेदीको घरमा आगलागी भएको छ । बिहान करिव ३ बजे लागेको आगो बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । आगलागीबाट घर नष्ट हुँदा करिव १० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार आगलागीमा ८ तोला सुन र ४० हजार नगदसमेत जलेर नष्ट भएको छ । यसैवीच आगलागीपीडित सुवेदी परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । ...
चौबिसे गाउँपालिकाद्वारा एभोकाडोका बिरुवा वितरण

चौबिसे गाउँपालिकाद्वारा एभोकाडोका बिरुवा वितरण

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोका बिरुवा वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाई अनुदानमा दुई हजार ३ सय एभोकाडोका बिरुवा वितरण गरिएको हो । एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर वडा नं. १, २, ५, ६ र ८ का १९ वटा कृषक समुहलाई एभोकाडोका विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिक...
पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि

पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअ...
बलात्कार मुद्दामा महिलाले बयान फेर्दा कैद सजाय

बलात्कार मुद्दामा महिलाले बयान फेर्दा कैद सजाय

काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो । १२ कक्षामा अध्ययनरत महिलाले अदालतमा बयान दिने क्रममा जबर्ज...
वैदेशिक रोजगारीका लागि पुनः खुल्यो श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि पुनः खुल्यो श्रम स्वीकृति

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि पुनः सुरु गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्र...
फरार अभियुक्त ७ बर्षपछि पक्राउ

फरार अभियुक्त ७ बर्षपछि पक्राउ

उदयपुर । लागुऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकेर पनि फरार रहेका दुई जनालाई उदयपुर प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरको २०७० भदौ १८ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना फैसला सुनाईएका दुई अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २५ बर्षीय अनुप खड्का र चौदण्डीगढी नगरपालिका–६ का २२ बर्षीय नाप्सु आले छन् । फरार रहेका उ...
ईनरुवाबाट लागुऔषधसहित दुई जना पक्राउ

ईनरुवाबाट लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको ईनरुवाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईनरुवा–३ महेन्द्र चोकबाट लागुऔषधसहित ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र २५ बर्षीय अक्तर आलम पक्राउ परेका हुन् । आज बिहान साढे ११ बजे को.१० प.१९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । उनीहरुको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन ११४ क्याप्सुल बरामद भ...
धनकुटामा १७ बर्षीया किशोरी बलात्कृत, बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ

धनकुटामा १७ बर्षीया किशोरी बलात्कृत, बलात्कार गरेर गर्भवती बनाएको आरोपमा दुई जना पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा १७ वर्षिया किशोरी बलात्कृत भएको रहस्य खुलेको छ । बलात्कार गरेर गर्भवती बनाएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि घटनाको रहस्य खुलेको हो । किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको जाहेरी परेपछि चौविसे गाउँपालिका–८ सोक्रोक्पा बसन्तटारका २२ बर्षीय भीम लिम्बु र १७ बर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्र...
भेडेटार बजार अनुगमन, म्याद नाघेका सामाग्री बेच्नेलाई गराइयो सचेत

भेडेटार बजार अनुगमन, म्याद नाघेका सामाग्री बेच्नेलाई गराइयो सचेत

धनकुटा । धनकुटाको भेडेटार बजार अनुगमन गरिएको छ । धनकुटा जिल्ला बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा म्याद सकिएका सामाग्रीहरु भेटिएकाले व्यापारीहरुलाई सचेत गराईएको अनुगमन टोलीले जनाएको छ । अनुगमन गरी पसलहरुमा मुल्य सूची राख्न, सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा व्यवसाय संचालन गर्न र म्याद सकिएका खाद्य सामाग्री नवेच्न आग्रह गरिएको अनुगमन टोलीमा सहभागि उद्योग ...
error: Content is protected !!