- संगालोखबर सम्बाददाता

धनकुटा । गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् ।

जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए । धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाई छ ।

गीतको अडियो केहि समय अघि तयार भएपनि भाव अनुसारको छायाँकन तथा सम्पादन कलाकार उमेशचन्द्र अधिकारीले यसै हप्ता तयार पारेका हुन् । छायाँकनपछि पहिलो पटक गीतलाई साहित्यकार झमक घिमिरेले सोमवार औपचारिक सार्वजनिक गरेकी छिन् । घिमिरे निवासमा आयोजित गीत सार्वजनिक कार्यक्रममा उनले भुगोल, भाषा, कला, संस्कृति र पहिचानको लागि गीतले समेटेको लिखित प्रतिक्रिया दिइन् ।

उक्त अवसरमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, सहसचिव गीता अधिकारी, हाम्रो बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेल लगायतले शुभकामना दिएका थिए ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!