- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको हिलेका मृगौलापीडित र दुर्घटनामा परेका तीन जनालाई मकाओमा रहेका नेपालीहरुको सस्था इस्टर्न नेपाल यूथ एशोसिएसन अफ मकाओले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आएका मृगौलापीडित लक्ष्मी बर्देबा, सवारी दुर्घटनामा परेका किरण शाक्य र लडेर करङ भाचिएका महाबिर बिकलाई सहयोग प्राप्त भएको हो ।

Advertisement

हिले फुटबल क्लबको संयोजनमा प्राप्त भएको सहयोग रकम धनकुटा नगरपालिका–१ का वडाध्यक्ष निरेन तामाङले बिरामी तथा बिरामीका परिवारलाई हस्तान्तरण गरेका छन् । बेर्देबालाई ८५ हजार तथा शाक्य र बिकलाई १५/१५ हजार नगद प्रदान गरिएको हो ।

त्यस्तैगरी पौष्टिक आहार, स्वास्थ्य सामाग्री, खाद्यान्न फलफुल गरी तीन जनालाई एक लाख ४० हजार बराबरको सहयोग हस्तान्तरण गरिएको हिले फुटबल क्लबका सचिव अर्जुन शाही ठकुरीले जानकारी दिए ।

इस्टर्न नेपाल यूथ एशोसिएसन अफ मकाओमा आवद्ध हिलेका सुवास घिसिङ्ग, कबिन्द्र शाक्य, जीवन श्रेष्ठ र सञ्जीव बम्जनले मकाओबाट पठाएको पैसा उनीहरुलाई हस्तान्तरण गरिएको हो ।

यसैबीच करङ भाचिएका बिकको सम्पूर्ण उपचार खर्च फुटबल क्लबले बेहोर्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!