सिन्धुपाल्चोक । भोटेकोसीमा गएराती आएको बाढीले बाह्रबिसे नगरपालिका–५ का १४ घर बगाएको छ । बाढीमा परी ११ जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको छ । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल बाढीले बगाएको छ ।
यता, बाह्रबीसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् । जम्बुसम्म पुग्ने राजमार्ग क्षेत्रको सबै सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल गएको छ ।
यसैवीच सभामुख अग्नीप्रसाद सापकोटासहितको टोली काठमाडौंबाट हेलिकप्टरमार्फत घटनास्थल जाँने भएको छ ।