धनकुटा बजारमा घरबाटै मोटरसाइकल चोरी

धनकुटा बजारमा घरबाटै मोटरसाइकल चोरी

धनकुटा । धनकुटा बजारमा सोमबार राती घरबाटै मोटरसाइकल चोरी भएको छ । धनकुटा नगरपालिका–६ सिरान बजार बस्दै आएका विवेक लिम्बुको को २३ प ६१०२ नम्बरको १५० सिसिको पल्सर बाइक घरबाटै चोरी भएको हो । तेह्रथुमको छथर गाउँपालिका–१ घर भएका लिम्बु धनकुटाको लिबर्टी कलेजमा विविएस पहिलो वर्ष अध्ययन गर्दै आएका छन् । लिम्बु कोठा भाडा बस्दै आएको सिरान बजारस्थित घरको साईटमा राखेको अवस्थामा मोटरसाइकल चोरी भएको हो । बेल...
धनकुटाकी बस्नेतले लिइन् प्रदेश सांसदको सपथ

धनकुटाकी बस्नेतले लिइन् प्रदेश सांसदको सपथ

धनकुटा । धनकुटाकी हिमा बस्नेत भट्टराईले आज प्रदेश १ को समानुपातिक सांसदको सपथ ग्रहण गरेकी छन् । एमालेबाट सांसद बनेकी बस्नेतले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीमार्फत सपथग्रहण गरेकी हुन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बनकी गुलेफुन खातुन मियाले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । उनको स्थानमा अल्पसंख्यक कोटाबाट बन्द सूचीमा महिला अन...
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावासको फैसला

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावासको फैसला

विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न चार जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ । अदालतले एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका मध्ये चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावासको फैसला सुनाइएको छ । हत्या आरोपमा २८ वर्षीय ल...
रामेछापमा बस दुर्घटना, घटनास्थलमै ९ जनाको मृत्यु

रामेछापमा बस दुर्घटना, घटनास्थलमै ९ जनाको मृत्यु

काठमाडौं । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा घाएते भएका २५ जनालाई उपचारका लागि धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितक...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो । सोमबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९÷९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची ...
धनकुटाकी बस्नेत प्रदेश १ को सांसदमा नियुक्त

धनकुटाकी बस्नेत प्रदेश १ को सांसदमा नियुक्त

धनकुटा । धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसदमा चयन भएकी छन् । बस्नेतलाई निर्वाचन आयोगले आज प्रदेश सांसद पदमा मनोनयन पत्र दिएको हो । प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । सोही पदमा धनकुटाकी बस्नेतलाई मनोनयन गरिएको हो । यसअघि मियाको राजीनामा स्वीकृत भएको थियो । यसअघि नै एमालेले निर्वाचन आयोगलाई बन...
मोरङका खोलाबाट अवैध रुपमा गिटि, बालुवा उत्खनन् गर्ने ९ सवारी साधन नियन्त्रणमा

मोरङका खोलाबाट अवैध रुपमा गिटि, बालुवा उत्खनन् गर्ने ९ सवारी साधन नियन्त्रणमा

विराटनगर । मोरङका विभिन्न खोलाबाट अवैध रुपमा गिटि, बालुवा उत्खनन् गर्ने ९ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गिटी, बालुवा उत्खनन् गर्ने ४ वटा टिपर, ४ वटा ट्याक्टर र एउटा जेसिवि नियन्त्रणमा लिइएको हो । प्रहरीले केराबारी–८ को खदम खोला, केराबारी–७ स्थित मुगु खोला, सुन्दरहरैंचा–५ को बुढीखोला र बेलबारी–२ स्थित लोहन्द्रा खोलाबाट गिटि, बालुवा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा ...
विराटनगरमा डा.शर्मा दम्पतीलाई सम्मान, मुख्यमन्त्रीले पनि गरे प्रशंसा

विराटनगरमा डा.शर्मा दम्पतीलाई सम्मान, मुख्यमन्त्रीले पनि गरे प्रशंसा

विराटनगर । खेलाडीहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाएर सहयोग पुर्याएको भन्दै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा र नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराललाई सम्मान गरिएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोर्ड र ओलम्पियन्स एशोसिएसनको तर्फबाट डा.शर्मा र बराललाई सम्मान गरिएको हो । विराटनगरस्थित नोबेल अस्पताल र काठम...
नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार ग...
सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा

सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा

  उदयपुर । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् । सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि ...
बीपी प्रतिष्ठानको निर्णय फेरियो, स्वास्थ्य विमाको उपचार नरोकिने

बीपी प्रतिष्ठानको निर्णय फेरियो, स्वास्थ्य विमाको उपचार नरोकिने

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमामार्फत गरिने उपचार सेवा नरोक्ने भएको छ । यसअघि स्वास्थ्य बीमाको उपचार सेवा स्थगन गर्ने निर्णय गरेको प्रतिष्ठानले निर्णय परिवर्तन गरेको हो । उपचार गरेबापत सरकारबाट पाउँनुपर्ने रकम भुक्तानी ढिलो भएको भन्दै प्रतिष्ठानले यसअघि सूचना जारी गरेर असार २० गतेबाट स्वास्थ्य विमा कार्यक्रमको उपचार सेवा स्थगन गर्ने जनाएको थियो । तर...
उठीउठी, बसीबसी प्रदेशको नामको विषय टुंग्याउन सरकार तयार छ : मुख्यमन्त्री राई

उठीउठी, बसीबसी प्रदेशको नामको विषय टुंग्याउन सरकार तयार छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको बताएका छन् । मुख्यमन्त्री राईले प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्दै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्चमा कुनै समस्या नहुने बताएका हुन् । उनले पुरानो दायित्वले डो¥याएअनुसारको बजेट बनाउनुपर्दा सोचेअनुरुपको कार्यक्रम ल्याउन नसकेको बताए । ‘पुरानो द...
धनकुटा बजारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

धनकुटा बजारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–५ स्थित माथिल्लो कोप्चेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहिवारे हटियाबाट भिमनारायण चोकतर्फ जाँदै गरेको को.२८ प ४१२० नंम्बरको मोटरसाइकल शनिवार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनकुटा–२ का ३० बर्षीय राम कुमार राई र मोटरसाइकलमा पछाडि सवार मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का ३० बर्षीय देवराज घिमिरे घाइते भएका हुन् । उन...
मोरङमा श्रीमतीलाई आगो लगाएर मार्ने श्रीमान पक्राउ

मोरङमा श्रीमतीलाई आगो लगाएर मार्ने श्रीमान पक्राउ

विराटनगर । मोरङको रंगेलीमा श्रीमतीलाई आगो लगाएर मारेको आरोपमा श्रीमान पक्राउ परेका छन् । रंगेली नगरपालिका–१ बिर्ताबजारकी ३१ बर्षीया बबिता मल्लिकलाई आगो लगाएर मारेको आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार राती करिव १० बजे बबितालाई तिलकले मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए । आगोले जलेर गंभीर घाइते भएकी बबितालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थिय...
गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघाफेदीमा गुडिरहेको बसको ढोकाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेत छन् । बिहान करिव पौने ६ बजे काठमाडौंदेखि रुकुम जाँदै गरेको बा ३ ख ९१८० नम्बरको बसबाट बस्नेत सडकमा खसेका थिए । बसबाट खसेर गंभीर घाइते भएका बस्नेतलाई उपचारका लागि गलकोटको हटियास्थित स्थानीय क्लिनिक लगिएको थियो ।...
स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला सुरु

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ । ललितपुरकाे हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखि काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ । यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार ललितपुरस्थ...
उदयपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

उदयपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा नगरपालिका–३ मोतिगडाका २६ बर्षीय अजय मल्लिक छन् । शुक्रवार साँझ साढे ६ बजे अजय र उनकी श्रीमती घरबाट करेन्ट सहितको तार टाँगेर स्थानीय गुहे खोलामा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा अजयलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । उ...
इटहरीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

इटहरीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ पकलि चौकस्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामधुनी नगरपालिका–५ का ७५ बर्षीय मंगलु चौधरी छन् । शुक्रवार साँझ साढे ४ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले उनलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट गंभीर घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स...
पाँचथरमा पहिरोले घर पुर्दा तीन जना बेपत्ता

पाँचथरमा पहिरोले घर पुर्दा तीन जना बेपत्ता

पाँचथर । पाँचथरको फालेलुङमा गएराती पहिरोले घर पुर्दा तीन जना बेपत्ता भएका छन् । अविरल बर्षाका कारण राती करिब १० बजे खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ स्थित बिहिदिन बजार नजिकका दलबहादुर मगरको घर पुरेको हो । पहिरोमा परी दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका दलबहादुरलाई भने स्थानीयले तत्काल उद्धार गर्न ...
बालिका बलात्कार आरोपमा १६ वर्षीय किशोर पक्राउ

बालिका बलात्कार आरोपमा १६ वर्षीय किशोर पक्राउ

खोटाङ । खोटाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् । ती किशोरले मंगलबार बालिकालाई बलात्कार गरेको आरोप छ । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दोषी ठहर भए उनलाई ब...
विराटनगरबाट लागुऔषधसहित चार युवा पक्राउ

विराटनगरबाट लागुऔषधसहित चार युवा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुन्दरहरैंचा नगरपालिका–४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैंचा–६ का २७ बर्षीय बिजय राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२...
हिलेबाट ब्राउन सुगरसहित युवा पक्राउ

हिलेबाट ब्राउन सुगरसहित युवा पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेबाट बिहिबार साँझ ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । हिलेस्थित विश्वकर्मा टोलका २२ बर्षीय गोविन्द विश्वकर्मालाई ब्राउन सुगरसहित फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँच गर्ने क्रममा साँझ करिब ५ बजे विश्वकर्माको साथवाट तीन पोका ब्राउन सुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले बताए । ‘ब्राउन सुगर फे...
धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ स्थित हातिखर्क माविबुङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय २९ बर्षीय लक्ष्मण लिम्बू छन् । बिहान करिव साढे १० बजे सोही स्थानका शम्भु लिम्बूको घरमा बिग्रिएको बिजुली बनाउँन उनी पोलमा चढेका थिए । पोलमा चढेर बिजुली बनाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा दमक नगरपालिका–९ का ३८ बर्षीय दिपक नेपाल छन् । गएराती करिव सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई  ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट नेपाल घाइते भएका थिए । दमक अस्पतालमा उपचारका क्रममा...
जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी

जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी

बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन् । उनीहरु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । नयाँ गाउँकी २८ वर्षीया रिना बिक, कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन् । लुम्ब...
चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

चट्याङ लागेर एकैदिन ७ जनाको मृत्यु

काठमाडौं । विगत २४ घण्टाको अवधिमा चट्याङ लागेर देशभर ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलवार एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो । रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लाग्दा ७ जनाको मृत्यु भएको हो । रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ भ...
बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै ...
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ का ४० बर्षीय नारायण महतो र सप्तरीको हनुमाननगर–९ घर भई विराटनगर–११ बस्ने २५ बर्षीय सुमन कुमार राय छन् । अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा ...
रंगेलीमा स्कूल बसले किच्दा एक विद्यार्थीको मृत्यु, स्थानीयद्वारा दुई वटा बस तोडफोड

रंगेलीमा स्कूल बसले किच्दा एक विद्यार्थीको मृत्यु, स्थानीयद्वारा दुई वटा बस तोडफोड

विराटनगर । मोरङको रंगेलीमा आफ्नै स्कूलको बसले किचेर आज एक विद्यार्थीको मृत्यु भएको छ । रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कूलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढ्ने ५ वर्षीय बालक ऋतिक मण्डलको मृत्यु भएको हो । ऋतिक र एलकेजीमै पढ्ने रंगेली–६ की ५ बर्षीया बालिका सनम कुमारी मण्डललाई बसले किचेको थियो । बसले किच्दा दुबै जना घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचारका क्रममा ऋतिक...
सिंघिया खोला बस्तीमा पस्दा विराटनगर र कटहरीका १७५ परिवार विस्थापित

सिंघिया खोला बस्तीमा पस्दा विराटनगर र कटहरीका १७५ परिवार विस्थापित

विराटनगर । अविरल बर्षाका कारण सिंघिया खोलामा बाढी आएपछि बस्तीमा खोला पस्दा विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका १७५ परिवार विस्थापित भएका छन् । विराटनगरमा ४५ र कटहरीमा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर महानगरपालिका–२ स्थित सरस्वती बस्तीमा बाढी पस्दा २० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । त्यस्तै विराटनगर–८ स्थित स...
error: Content is protected !!