संगालोखबर सम्वाददाता
फायल तस्बीर

बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघाफेदीमा गुडिरहेको बसको ढोकाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेत छन् ।

बिहान करिव पौने ६ बजे काठमाडौंदेखि रुकुम जाँदै गरेको बा ३ ख ९१८० नम्बरको बसबाट बस्नेत सडकमा खसेका थिए । बसबाट खसेर गंभीर घाइते भएका बस्नेतलाई उपचारका लागि गलकोटको हटियास्थित स्थानीय क्लिनिक लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बसका चालक लालबहादुर बाँनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!