संगालोखबर सम्वाददाता
फायल तस्बीर

बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन् । उनीहरु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

नयाँ गाउँकी २८ वर्षीया रिना बिक, कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!