मोरङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

मोरङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

विराटनगर । अविरल बर्षासँगै आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा सुन्दरहरैँचा–६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । गछिया खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । अविरल बर्षाका कारण मोरङका विभिन्न स्थानमा डुवान भएको छ । कतिपय परिवार विस्थापित भएका छन् । अहिले पनि बर्ष...
धनकुटामा मदन भण्डारीको सालिकमा माल्यार्पण

धनकुटामा मदन भण्डारीको सालिकमा माल्यार्पण

धनकुटा । ७१ औं मदन जयन्तीको अवसर पारेर मंगलबार बिहान धनकुटाको मदनचोकस्थित मदन भण्डारीको सालिकमा माल्यार्पण गरिएको छ । नेकपा एमाले र मदन भण्डारी फाउण्डेसनको संयुक्त आयोजनामा माल्यार्पण कार्यक्रम गरिएको हो । सो अवसरमा एमाले नेताहरू शकुन्तला बस्नेत, गोपाल गुरागाईं, इन्द्रमणि पराजुली, चन्द्र बस्नेत, निरेन तामाङ्ग, पर्शुराम नेपाल, मनोज राई, मञ्जु अधिकारी, तारा तितुङ्ग, राजेन्द्र बस्नेत, अर्जुन छारा ...
नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनमा दश हजार बिरामीको निःशुल्क उपचार

नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनमा दश हजार बिरामीको निःशुल्क उपचार

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी विरामीको निःशुल्क उपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाका १० हजार २ सय ४४ विरामीले निःशुल्क उपचार पाएका हुन् । नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत...
भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

भोजपुरका कृषकको रोजाइमा अकबरे खुर्सानी

भोजपुर । व्यवसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठ...
उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुरमा निरन्तर वर्षा हुन थालेपछि समय अघिनै रोपाइँ सुरु

उदयपुर । निरन्तर पानी पर्न थालेपछि उदयपुरमा समयअघि धान रोपाइँ सुरु भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, भुल्के, कौवाइजस्ता स्थानमा दैनिक वर्षा भएकाले समय अघिनै धान रोपाइँ सुरु गरिएको हो । निरन्तर वर्षा सुरु भएसँगै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, देबधारसहित बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमासमेत समय अगाडि नै रोपाइँ सुरु भएको सम्बन्धित क्षेत्रका किसान बताउँछन् । ...
दार्चुलामा भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

दार्चुलामा भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

दार्चुला । दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो । पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले अध्ययन गरेका हुन् । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्च...
धनकुटा तीन युवा गाँजासहित सुन्दरहरैंचाबाट पक्राउ

धनकुटा तीन युवा गाँजासहित सुन्दरहरैंचाबाट पक्राउ

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ बुढीपुलबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० बर्षीय सुरेन्द्र राई, २९ बर्षीय मिलन राई र बाला राई छन् । आइतवार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गरेको थियो । सोही क्रममा जेब्रा झोलामा लुकाई राखेको अवस्थ...
झापामा बोराभित्र भेटियो पुरुषको शव

झापामा बोराभित्र भेटियो पुरुषको शव

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ मा बोराभित्र एक पुरूषको शव फेला परेको छ । वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो । आइतबार बेलुका ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको जस्तो देखिन्छ । उनक...
एमबीबीएस पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ दिने

एमबीबीएस पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ दिने

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङ...
पाख्रीवास नगरको विवादमा जुट्यो सहमति

पाख्रीवास नगरको विवादमा जुट्यो सहमति

धनकुटा । पाख्रीवास नगरपालिकामा केही दिनयता जनप्रतिनिधिहरुबीच भइरहेको विवाद अन्ततः सहमतिमा टुंग्याइएको छ । आइतवार अबेर रातीसम्म भएको छलफलबाट आपसी समझदारीमा अघि बढ्ने सहमति भएपछि विवाद टुंगिएको हो । छलफलमा प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका इन्चार्ज राजेन्द्र राईसहित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायत सहभागि थिए । अब विगतका विवादित कुरालाई निरन्तरता नदिने, आपसी समझदारी गरेर अघि बढ्ने,...
पाख्रीवासमा काँग्रेस कार्यकर्ता र मेयरका समर्थकले विथोले उपमेयरको पत्रकार सम्मेलन

पाख्रीवासमा काँग्रेस कार्यकर्ता र मेयरका समर्थकले विथोले उपमेयरको पत्रकार सम्मेलन

धनकुटा। धनकुटाको पाख्रीवास नगरपालिकामा आइतवार दिउँसो उपमेयर नम्रता गौतमसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको पत्रकार सम्मेलन नेपाली काँग्रेसका कार्यकर्ता र मेयर ज्ञानबहादुर गुरुङ्गका समर्थकले विथोलेका छन् । एमाले संसदीय दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवेश गरेर कांग्रेस कार्यकर्ता र मेयर समर्थकले होहल्ला गर्दै कार्यक्रममा अवरोध पुर्याएका हुन् । काँग्रेस कार्यकर्ताको ...
लापरबाहीले निम्त्यायो दुर्घटना, पोखरीमै गयो दुई बालकको ज्यान

लापरबाहीले निम्त्यायो दुर्घटना, पोखरीमै गयो दुई बालकको ज्यान

धनकुटा । श्रीमानले साथ छोडेपनि आफुले दुःख गरेर हुर्काएको एक्लो छोरा १४ औं बर्ष प्रवेश गरेको दिन शनिवार धनकुटाकी रुपकला राई निकै उत्साहित थिइन् । तर, उनको त्यो उत्साह लामो समय टिकेन । साथीहरूसँग आफ्नो जन्मदिन मनाउँन गएका छोरा उदय घर फर्किएनन् । जन्म दिनमै उनी कहिल्यै नफर्किने गरी बिदा भए । उदयसँगै उनका साथी स्वर्णिम राईले पनि ज्यान गुमाए । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक निर्माण गरिएको ...
आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका बृद्धको शव खेतमा भेटियो

आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका बृद्धको शव खेतमा भेटियो

विराटनगर । आफन्तको जन्मदिन मनाउन झापाबाट मोरङको उर्लाबारी आएका एक बद्ध मृत भेटिएको छन् । आफन्तको जन्मदिन मनाउन आएका झापाको दमक नगरपालिका–१ का ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान खेतमा फेला परेको हो । उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी बिहान करिवसाढे ५ बजे खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
लागुऔषध दुरुपयोग रोक्न विद्यार्थीको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री कार्की

लागुऔषध दुरुपयोग रोक्न विद्यार्थीको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागुऔषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले लागु पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताएका हुन् । ‘प्रदेश सरकार लागु पदार्थ ...
इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

इलाम । इलामको माङसेबुङ गाँउपालिका–२ दहगाँउस्थित भित्री सडक खण्डमा आज बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र माङसेबुङ–२ का ५० बर्षीय प्रकाश राई छन् । दिउँसो करिव १२ बजे पाँचथरको रबिबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नंम्बरको बोलेरो सडकबाट करिव २०० मिटर तल झरेको हो । दुर्घटना...
बुढीगंगामा मोटरसाइकलको ठक्करबाट प्रिमियर वायरका सेक्युरिटी गार्डको मृत्यु

बुढीगंगामा मोटरसाइकलको ठक्करबाट प्रिमियर वायरका सेक्युरिटी गार्डको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भोजपुरको अरुण गाउँपालिका–५ का २६ बर्षीय राम श्रेष्ठ छन् । गएराती साढे ८ बजे सडक पार गर्दै गरेको अवस्थामा श्रेष्ठलाई प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको...
महोत्तरीमा १९ तोला सुन चोरी

महोत्तरीमा १९ तोला सुन चोरी

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्। स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। मिश्रको परिवार असार ६ गते विवाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए। सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो। घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको...
पोखरामा सडकसँगै भासियो घर

पोखरामा सडकसँगै भासियो घर

पोखरा । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखराको फिर्केखोला नजिकै आज बिहान सडक भासिएको छ । सडक भासिँदा सडकसँगै एक घरसमेत भासिएको छ । पोखरा महानगरपालिका–४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक करिब १० मिटर सडक भासिएको हो । सडक भासिएको ठाउँमा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन् ।
धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक निर्माण गरिएको पोखरीमा डुबेर आज दिउँसो दुई जना बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा धनकुटा–५ स्थित बिहीबारे हटियाका १४ बर्षीय सोनिम राई र धनकुटा–७ जिरोपइन्टका १५ बर्षीय उदय राईको मृत्यु भएको हो । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्याली प्रा.लि.ले करिब तीन बर्ष अघि सो पोखरी निर्माण गरेको हो । सो पोखरीमा शुल्क लिएर बोटिङ्ग र स्वीमिङ...
धनकुटाको पात्ले खोलाको पोखरीमा डुबेर दुई बालक घाइते

धनकुटाको पात्ले खोलाको पोखरीमा डुबेर दुई बालक घाइते

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित पात्ने खोलाको पोखरीमा डुबेर दुई बालक घाइते भएका छन् । घाइते हुँनेमा धनकुटा–५ का १४ बर्षीय सोनिम राई र धनकुटा–७ का उदय राई छन् । आज दिउँसो उदयको जन्मदिन मनाउँन त्यहाँ उनीहरु भेला भएको जनाइएको छ । पोखरीमा डुबिराखेको अवस्थामा उनीहरुलाई फेला पारिएको हो । अहिले उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो

काठमाडौं । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिवार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्...
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

तेह्रथुम । तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । गएराती लसुनेबाट वसन्तपुरतर्फ आउँदै गरेको प्रदेश–१ ०२००३ त नम्बरको ट्याक्टर जिरो प्वाइन्टमा दुर्घटना भएको हो । दुर्घटनामा लालीगुराँस नगरपालिका–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । त्यस्तै सोही स्थानका ट्याक्टर चालक २२ वर्षीय जयन्तकुमार ...
स्याम्पुको डब्बाभित्र लुकाएर विदेशबाट ल्याउँदै गरेको सुनसहित एक जना पक्राउ

स्याम्पुको डब्बाभित्र लुकाएर विदेशबाट ल्याउँदै गरेको सुनसहित एक जना पक्राउ

काठमाडौं । स्याम्पुको डब्बाभित्र राखेर अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार ओमनबाट सलाम एयरवेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सिरहाका निरञ्जन कुमार सिंहलाई १०० ग्राम सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्दा उनको साथमा १०० ग्राम सुन पाइएकाले नियन्त्रणमा लिएको जनाइए...
महिला टी-२० च्याम्पियनसिपबाट नेपाल बाहिरियो

महिला टी-२० च्याम्पियनसिपबाट नेपाल बाहिरियो

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो । यसअघि ...
विराटनगरको रघुपति जुटमिलमा मेसिनले हात काट्दा अप्रेटरको मृत्यु

विराटनगरको रघुपति जुटमिलमा मेसिनले हात काट्दा अप्रेटरको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको मेसीनले हात काट्दा एक जना अप्रेटरको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर–१४ का ४२ बर्षीय राजो कामत छन् । गएराती १० बजे जुटमिलको मेसिनमा काम गरिरहका बेला मेसिनले बायाँ कुमबाटै हात काटेको थियो । हात काटिएर कामत घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् ।
प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

विराटनगर । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि आज शंकास्पद वस्तु फेला परेको छ । झापास्थित गौरादहमा रहेको कार्कीको घर अगाडि बाटोको पेटीमा बिहान ५ः३० बजे कुकर देखिएको हो । पेटीमा कुकर देखेपछि प्रहरीलाई खबर गरिएको थियो । कसले किन उक्त कुकर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र सेनाले निस्कृय पार्ने कार्कीले जनाएका छन् ।
प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा भारी वर्षाको सम्भावना

प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशक...
विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुले देखाए प्रतिभा

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुले देखाए प्रतिभा

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुले आज आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । सामर्थ्य समाज विराटनगरले आयोजना गरेको अपाङ्गता तथा पुर्नास्थपना कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरुका लागि बहुप्रतिभा कार्यक्रममा उनीहरुले आफूमा भएको कला प्रस्तुत गरेका हुन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा नृत्य, गायन, कविता, चित्रकला र नाटक प्रर्दशन ...
१३ वर्षीया बालिकालाई फकाएर भारत लैजान खोज्ने दुई जना पक्राउ

१३ वर्षीया बालिकालाई फकाएर भारत लैजान खोज्ने दुई जना पक्राउ

विराटनगर । झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मजतपुर घर भई हाल झापाको बिर्तामोड नगरपालिका-५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बाराको कोल्वी नगरपालिका-४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरूले विराटनगर महानगरपालिका वडा नम्बर १५ भन्सार कार्यालयको २...
‘जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

‘जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियाे । मालिक छुटे पनि कुकुरलाई भने डि...
दुहवीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

दुहवीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित एक घरमा काम गर्न बसेकी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा छिन् । बिहान ९ बजे  प्रदेश नम्बर २-०३-००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट घटनास्थलमै विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा संलग्न टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
error: Content is protected !!