संगालोखबर सम्वाददाता

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमामार्फत गरिने उपचार सेवा नरोक्ने भएको छ । यसअघि स्वास्थ्य बीमाको उपचार सेवा स्थगन गर्ने निर्णय गरेको प्रतिष्ठानले निर्णय परिवर्तन गरेको हो ।

Advertisement

उपचार गरेबापत सरकारबाट पाउँनुपर्ने रकम भुक्तानी ढिलो भएको भन्दै प्रतिष्ठानले यसअघि सूचना जारी गरेर असार २० गतेबाट स्वास्थ्य विमा कार्यक्रमको उपचार सेवा स्थगन गर्ने जनाएको थियो । तर, स्वास्थ्य बीमा बोर्ड, धरान उपमहानगरपालिका लगायतसँगको समन्वयपछि तत्काललाई उपचार सेवा नरोक्ने निर्णय लिइएको प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले आइतवार प्रतिष्ठानलाई पत्र पठाएर समस्या समाधान गर्ने प्रकृयामा रहेको उल्लेख गरेको प्रतिष्ठानका डेपुटि अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले जानकारी दिए । त्यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्ग, मानव अधिकार आयोग लगायतले पनि स्वास्थ्य बीमा सेवा नरोक्न आग्रह गरेकाले सेवा नरोक्ने निर्णय लिइएको प्रतिष्ठानले जनाएको छ ।

पुनः समस्या समाधान नभएमा साउन ८ गतेबाट भने स्वास्थ्य विमा बापतको उपचार सेवा स्थगन गरिने प्रतिष्ठानले चेतावनी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!