संगालोखबर सम्वाददाता

काठमाडौं । विगत २४ घण्टाको अवधिमा चट्याङ लागेर देशभर ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलवार एकैदिन चट्याङ लागेर ७ जनाको मृत्यु भएको हो ।

Advertisement

रूपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लाग्दा ७ जनाको मृत्यु भएको हो । रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ भने नवलपरासी पश्चिमको लक्ष्मीपुरमा ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै बागलुङको काठेखोलामा २८ वर्षीय महिला, बाँकेको राप्ती सोनारीमा ७ वर्षीया बालक, पर्साको सखुवा प्रसौनीमा ३२ वर्षीय पुरुष, धादिङको त्रिपुरा सुन्दरीमा ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार वैशाख यता भएका विभिन्न प्राकृतिक विपत्तिमा परी अहिलेसम्म ९५ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!