संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी हिमा बस्नेत भट्टराईले आज प्रदेश १ को समानुपातिक सांसदको सपथ ग्रहण गरेकी छन् । एमालेबाट सांसद बनेकी बस्नेतले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीमार्फत सपथग्रहण गरेकी हुन् ।

Advertisement

अल्पसंख्यक कोटामा समानुपातिक सांसद बनकी गुलेफुन खातुन मियाले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन् ।

उनको स्थानमा अल्पसंख्यक कोटाबाट बन्द सूचीमा महिला अन्य कोही पनि नभएकाले खस-आर्य कोटाबाट नेकपा एमालेले बस्नेतलाई सांसद बनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!