- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसदमा चयन भएकी छन् । बस्नेतलाई निर्वाचन आयोगले आज प्रदेश सांसद पदमा मनोनयन पत्र दिएको हो ।

Advertisement

प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । सोही पदमा धनकुटाकी बस्नेतलाई मनोनयन गरिएको हो ।

यसअघि मियाको राजीनामा स्वीकृत भएको थियो । यसअघि नै एमालेले निर्वाचन आयोगलाई बन्द सूचीबाट बस्नेतलाई सांसद नियुक्ति गर्न पत्र पठाएको थियो । सोही पत्रका आधारमा बस्नेत सांसद पदमा चयन भएकी हुन् । अल्पसंख्यक कोटाबाट बन्द सूचीमा महिला अन्य कोही पनि नभएकाले खस-आर्य कोटाबाट उनी सांसद बनेकी हुन् । बस्नेत नेकपा एमालेको प्रदेश १ समिति सदस्य हुन् । धनकुटा एमालेको पूर्व उप-सचिवसमेत रहेकी उनी धनकुटा बारको पूर्व अध्यक्ष पनि हुन् ।

सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले सजाय हुने फैसला गरेको भएपनि मियाले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण लामो समय कारबाही हुनबाट जोगिएको थियो । गत साता सर्वोच्च अदालतले उच्चको फैसलालाई नै सदर गरेपछि उनले पदबाट राजीनामा दिएकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!