झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु
झापा । झापाको कमल गाउँपालिका–५ मा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार मोरङको बेलबारी नगरपालिका–८ की ५८ वर्षीया तुलसादेवी गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक बेलबारी–१० का ५८ वर्षीय शुक्रबहा...































