- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादका क्रममा ३६ वर्षीया श्रीमती सुशीला विकले ४० वर्षीय श्रीमान् मनबहादुर नेपालीको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेकी हुन्  ।

पोखरा महानगरपालिका–३० स्थायी घर भई शुक्लागण्डकी–४ प्रगति टोलमा बस्दै आएका उनीहरूबीच बुधबार राति झगडा भएको थियो । मादक पदार्थ सेवन गरेकी सुशीलाले सोही क्रममा मनबहादुरको टाउकोमा ढुङ्गाले हिर्काएकि थिइन् ।

ढुङ्गाले लागेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि सुशीलालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!