- संगालोखबर सम्वाददाता

काठमाडौ । प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

Advertisement

राष्ट्रपति भवनमा आज बिहान आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका हुन् । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कूल २७५ सदस्यहरूको विवरण पेस गरेको हो ।

सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिवार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने निर्वाचन आयुक्त थपलियाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!