मकवानपुरमा ग्यास बुलेट र ट्रक ठोक्किएर दुर्घटना 

मकवानपुरमा ग्यास बुलेट र ट्रक ठोक्किएर दुर्घटना 

विराटनगर । मकवानपुरमा ग्यास बुलेट र ट्रक ठोक्किएर दुर्घटना भएको छ । हेटौडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम सडक खण्डमा आज बिहान भारतीय ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्याम अर्यालका अनुसार वीरगन्जबाट धार्के आउँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको भारतीय ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ९४८१ नम्बरको ट्रक ठोक्क...
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज रातिबाट अन्त्य हुँदै

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज रातिबाट अन्त्य हुँदै

विराटनगर । कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

विराटनगर । सुनको मूल्य स्थिर रहेको छ । दुई दिनसम्म नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ७६ हजार रुपैयाँ कायम भएको छ । सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको चाँ...
नार्कमा आवश्यक कर्मचारी चाँडै पदपूर्ति गर्छौँ : मन्त्री अधिकारी 

नार्कमा आवश्यक कर्मचारी चाँडै पदपूर्ति गर्छौँ : मन्त्री अधिकारी 

धनकुटा । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) मा चाँडै कर्मचारी पदपूर्ती गर्ने बताएका छन् । बुधबार नार्क अन्तरगत रहेका कार्यालयको अनुगमन गर्न धनकुटा आइपुगेका मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले नार्क अहिले विषम परिस्थितिमा रहेकाले आवश्यक काम तीब्र गतिमा अगाडि बढाउने विश्वास दिलाए । मन्त्री अधिकारीले अहिलेकै अवस्थामा पनि सेवाग्राहीलाई रा...
महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टलाई ४३ मतान्तरले पराजित गर्दै यादव स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । क्रान्तिकारीका यादवले १११८ मत ल्याएर निर्वाचित हुँदा नेविसंघका विष्टले १ हजार ७५ मत पाएका छन् । अनेरास्ववियुका अनि...
ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

विराटनगर । ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार आठराई गाउँपालिका-१ का ५७ वर्षीय सुरेन्द्र तामाङको आज दिउँसो मृत्यु भएको हो । बारीमा बालेको आगो एक्कासि ठूलो बलेर खुट्टामा पोलेपछि उनी भागेका थिए । भाग्ने क्रममा बारीको डिलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारीको डिलबाट करिब ८ मिटर तल खसेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहे...
उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका-७ मा मङ्गलबार दिउँसो भएको आगलागीबाट एक करोड २२ लाख बराबरको क्षति भएको हो । शरण कुमार राईको घरबाट विद्युत सर्ट भएर लागेको आगोले छिमेकी सर्वधन राई र कालुमान राईको घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै अन्य चार घरमा समेत आंशिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थान...
उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी-३ मङ्गलबारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उर्लाबारी-८ का २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो । गएराति निर्माणाधीन कल्भर्टमा स्कुटर ठोक्किँदा लिम्बु घाइते भएका थिए । दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर ल्याइएको थियो । उनको उपचारका क्रममा...
जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था उर्लाबारीका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको झुर्किया घर भएका ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयमा नै मृत फेला परेका हुन् । उनी मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखको रूपमा कार्यरत थिए । आज बिहान कार्यालय खुल्ने समयमा कर्मचारीले नदेखिएपछि खोजी गर्ने क्रममा  झुण्डिएको अवस्थामा भेटेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोल...
सांसद शर्माले दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

सांसद शर्माले दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले ‘सार्वजनिक महत्वको प्रस्ताव’  प्रतिनिधिसभामा दर्ता गराएका छन् । सबै नागरिकका लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधीउपचारसम्बन्धी उपचार कोष लगायतको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने मागसहित सांसद शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको...
स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

विराटनगर । स्वास्थ्य र वातावरण जोगाउन तथा स्वदेशी ऊर्जा खपत गर्न विद्युतीय चुलो महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । विराटनगरमा आयोजित विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशालाका सहभागीहरूले यसबारे विस्तृत छलफल गरेका छन् । नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना, नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) लगायत संस्थाको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले विद्युती...
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मङ्गलबार एक हजार एक सय रुपैयाँ बढेको सुनको मूल्यले आज प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चा...
प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज राउत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह-छात्रा प्रमुखमा भावना गुरुङ...
मोरङको धनपालथानमा आगलागीमा परेर बालिकाको मृत्यु, १३ घर जलेर नष्ट

मोरङको धनपालथानमा आगलागीमा परेर बालिकाको मृत्यु, १३ घर जलेर नष्ट

विराटनगर । मोरङको धनपालथाल गाउँपालिका–६ स्थित कदमाहाको बस्तीमा आगलागी हुँदा जलेर एक जना बालिकाको मृत्यु भएको छ । आगोले १३ वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परी स्थानीय अनित मियाँकी ४ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पाँच वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरि...
देशभर आज स्ववियु निर्वाचन हुँदै

देशभर आज स्ववियु निर्वाचन हुँदै

विराटनगर । देशभर आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय मातहत ६४ वटा आङ्गिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । जसमध्ये दुई वटा आङ्गिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन भइसकेको छ । विवादका कारण कतिपय क्याम्प...
विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगर । विराटनगर महानगरपालिका–१, भट्टाचोक नजिक रहेको शंकर टोलमा आज आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अप्सर अन्सारी र सन्तोष कामतको घर जलेर नष्ट भएको हो । चार वटै घर टिनको छानो भएका एक तले हुन् । दिउँसो करिब ४ बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रण गरेको मोरङका प्रहरी प्रवक...
भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुर । भोजपुर नगरपालिका-१२ स्थित पारपानेमा भीषण आगलागी भएको छ । स्थानीय इनामे सामुदायिक बनबाट सुरु भएको आगोले आसपास क्षेत्रको बस्तीका ७ वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय कालीदास चापागाईँ, सोवित श्रेष्ठ, गोपिकृष्ण धमला, गोविन्द चापागाईँ, रुद्रप्रसाद ढकाल, गोमा दमाइ र रामबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको आगो अपरान्हसम्म पनि नियन्त्रण हुन नसकेको भोजपुरक...
एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

धनकुटा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले र कांग्रेसका कारण देशमा प्रतिगामी तत्वहरु मैलाएको आरोप लगाएका छन् । माओवादी केन्द्र धनकुटा नगरको दोस्रो अधिवेशन तथा प्रशिक्षण उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । गणतन्त्र ल्याउन माओवादीले ठूलो भूमिका खेलेको दावी गर्दै उनले अहिले राजावादीहरू सल्बलाउने अवस्था सृजना हुनुमा सत्ताधारी...
भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुर । भोजपुरका एक व्यक्तिले बाटोमा भेटेको ५ लाख ५० हजार मूल्य बराबरको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिएका छन् । भोजपुर नगरपालिका–१२, टक्सार पारपानीका नवराज आचार्यले बाटोमा भेटेको ३ तोला २ आनाको सुनको सिक्री सम्बन्धित धनी प्रकाश राईलाई फिर्ता दिएका हुन् । सिक्री हराएपछि प्रकाशको परिवार पीडामा थियो । छिमेकी आचार्यले सिक्री भेटेर दिएपछि उनीहरु हर्षित भएका छन् । सिक्री फिर्ता गर्ने आचार्य...
पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत फागुन महिनामा १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजनबाट १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फागुन महिनामा पाथीभरा दर्शन गर्न आएका ७ हजार ४ सय २८ जना भक्तजनहरूबाट भेटी सङ्कलन भएको हो । यसअघि माघ महिनामा पाथीभरामा २४ लाख १ हजार ५ सय रुपैयाँ...
मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स राती करिब ११ बजे महालक्ष्मी वायर नजिक सडकको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भइ बुढीगङ्गा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भए...
पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो

पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको हो । मूल्य घटेपछि अब विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसामा झरेको छ । डिजेल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र ...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

सुनसरी । इटहरीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भएर इटहरी-१२ मा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुरको कटारी-२ की २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए ।...
२०८१ चैत्र २ गते शनिबार/आजको राशिफल

२०८१ चैत्र २ गते शनिबार/आजको राशिफल

बि.सं २०८१ चैत्र २ गते शनिबार ई.सं २०२५ मार्च १५ नेपाल सम्वत् ११४५ चिल्लागा पारू, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ०६ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिश...
धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२, स्थित गुरुङ टोलमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । श्रीमतीसहित स्थानीय युवाहरूको समूहले कुटपिट गर्दा ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे घरबाट करिब ५ सय मिटर टाढा मगर मृत फेला परेका थिए । उनको घाँटीमा डामसहित शरीरका विभिन्न भागमा चोटपटक थियो । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले उन...
आज तराई-मधेशमा होली मनाइँदै 

आज तराई-मधेशमा होली मनाइँदै 

विराटनगर । आज तराई-मधेशमा होली पर्व मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली मनाइन्छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँ...
बि.सं २०८१ चैत्र १ गते शुक्रबार/आजको राशिफल

बि.सं २०८१ चैत्र १ गते शुक्रबार/आजको राशिफल

बि.सं २०८१ चैत्र १ गते शुक्रबार ई.सं २०२५ मार्च १४ नेपाल सम्वत् ११४५ चिल्लाथ्व पुन्हि, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, फाल्गुण शुक्ल पूर्णिमा, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, शूल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ०६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै ...
मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागि थिए । मेयर कोइरालाले होली मर्यादित र विकृतिरहित तवरबाट मनाउनुपर्नेमा जोड दिए  । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भन...
धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटा । धनकुटामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात होली पर्व मनाइएको छ । आज बिहानैदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । हाम्रो बहुमुखी पाठशाला, सिटी जेसिस र भीमसेन थानमा बौद्धिक विकास समाजको आयोजनामा होली मिलन कार्यक्रम आयोजना गरिएको छ । विभिन्न चौकमा होली विशेष सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदान-प्रदान भइरहेको छ । धनकुटाको एभोकाडो पार्क, मदन चोक लगायतका स्थानमा व...
हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

विराटनगर । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय र ग्रिनल्याण्ड इङ्ग्लिस स्कुल प्रथम भएका छन् । आधारभूत तहतर्फ ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया र प्राथमिक तहतर्फ १६ वटा विद्यालयलाई पछि पार्दै ग्रिनल्याण्ड प्रथम भएका हुन् । विद्यार्थीहरूको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा आधारभूत तहतर्फ मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण म...
होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । होलीको शुभकामना सन्देश जारी गर्दै सभामुख विष्टले यस पर्वले हाम्रो जीवनमा नयाँ उमङ्ग र ऊर्जा ल्याउने विश्वास गरेका छन् । आज हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइँदै छ भने भोलि तराइका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । एकताको पर्वको रूपम...
error: Content is protected !!