
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन प्रतितोला सात हजार एक सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदी ७५ रुपैयाँले महँगो भएको छ । आज चाँदी प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













