नेकपा महालक्ष्मीद्वारा कोरोना प्रभावितका लागि सहयोग
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी नगर कमिटिले कोरोना प्रभावितहरुलाई सहयोगार्थ रकम उपलब्ध गराएको छ । महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नेकपाले ५० हजार रकम उपलब्ध गराएको हो ।
नेकपामार्फत कोषमा रकम प्राप्त भएको महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जनाएका छन् । कोरोना प्रभावितलाई एकद्वार प्रणालीमार्फत राहत वितरणका लागि रकम...

























