- संगालोखबर सम्वाददाता

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच गएराती एकता भएको छ । रातारात पार्टी एकता गरेर ‘जनता समाजवादी पार्टी’ बनाउँने सहमति भएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारी निवासमा बुधबार राती भएको बार्तामा दुवै पाटीका नेताहरु पार्टी एकता गरेर अघि बढ्न सहमत भएका हुन् । राती नै जारी गरिएको सहमति पत्रमा समानताको आधारमा पार्टी एकता हुने गरी दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

नयाँ पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता प्रयोग गर्ने सहमति भएको छ । पार्टीको नेतृत्व कसले गर्ने भन्ने सहमति पत्रमा खुलाइएको छैन ।

सरकारले सोमबार पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्यायो । जसले समाजवादी पार्टीको एउटा समूह अलग हुन सहज भएको थियो । त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले रातारात पार्टी एकता गर्ने सहमति गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!