प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १६०

प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १६०

बिराटनगर । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं.१ मा कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ९ पुगेको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संखुवासभाको खाँदबारीका २३ बर्षीय पुरुष र पाँचखपनका २२ बर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संखुवासभाका दुई र झापाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोन...
नेपालमा २१९ जनाले जिते कोरोना

नेपालमा २१९ जनाले जिते कोरोना

काठमाडौं । शनिवार थप १३ जना कोरोनामुक्त भएका छन् । टेकु अस्पतालको आईसोलेशनमा रहेका काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै बलम्बुस्थित कोभिड युनिफाइड अस्पतालबाट ९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । अछाम घर भई बाँकेमा बस्दै आएका पुरुष पनि डिस्चार्ज भएका छन् भने रुकुम घर भई ललितपुर रहदै आएका पुरुष पनि निको भएर डिस्चार्ज भएको स्वास्थ्...
थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शनिवार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संखुवासभा, झापा, सिरहा, सप्तरी, कपिलबस्तु लगायत जिल्लामा संक्रमित थपिएका हुन् । कपिलबस्तुका थप १०९ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका १७ जना, दैलेखका १४ जना, सिरहाका ११ जना, धनुषाका ७ जना, रौतहटका ६ जना र दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै संखुवासभामा दुई जना, झापामा १ जना, पर्सामा २ जना, ललितपुरमा १ जना र बारामा १ जन...
ईलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ईलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ईलाम । ईलाममा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । ढुंगा लिन जाँदै गरेको मे.१ त.४१०३ नम्बरको ट्याक्टर दिउँसो करिव २ बजे ईलाम साखेजुङ स्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक ईलाम नगरपालिका–१ साकेजुङका ३२ बर्षीय योगेश मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिँदा चालक मगर गम्भिर घाईते भएका थिए । उपचारका लागि लैजादै गर्दा उनको ...
सुनसरीको बराहक्षेत्रमा युवाको हत्या, दुई जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा युवाको हत्या, दुई जना पक्राउ

सुनसरी । सुनसरीको बारहक्षेत्र–३ बाङ्गेका कमल राईको हत्या भएको छ । स्थानीय ईक्राही जमुनाकित्ता स्थित प्लटिङ गरिएको जग्गामा हत्या गरेर फालिएको अवस्थामा ३७ बर्षीय राईको शव फेला परेको प्रहरीले जनाएको छ । राईको शरिर तथा टाँउकोमा चोट छ । मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान थालेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । राईको हत्यामा संलग्न भएको अरोपमा बराहक्...
धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटा । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ मा धनकुटाका लागि २ अर्ब २७ करोड ६५ लाख बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा जिल्लाका तीन नगरपालिकालाई १ अर्ब १२ करोड १० लाख र चार गाउँपालिकालाई १ अर्ब १५ करोड ५५ लाख बजेट छुट्याईएको हो । जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकालाई ४५ करोड ३५ लाख बजेट तोकिएको छ भने सबैभन्दा कम सहिदभू...
२०७७ जेष्ठ १७ गते शनिबार/आजको राशिफल

२०७७ जेष्ठ १७ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १७ गते शनिबार ई. सं. २०२० मे ३०, नेपाल सम्बत ११४० तछलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गृष्म ऋतु, ज्येष्ठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, हर्षण योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ०६ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको...
धनकुटाका थप १८३ को रिपोर्ट नेगेटिभ

धनकुटाका थप १८३ को रिपोर्ट नेगेटिभ

धनकुटा । धनकुटाका थप १८३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाईएको हो । संक्रमितको क्लोज कन्ट्राक्ट लिष्टमा भएका र फन्टलाईनमा काम गर्नेहरुको गत मंगलबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको थियो । शुक्रबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले संगालोखबरलाई...
नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या ६ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या ६ पुग्यो

काठमाडौँ । कोरोना संक्रमणका कारण अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गरेको हो । नियमित पत्रकार सम्मेलनमा शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या...
थप १७० जनामा कोरोना संक्रमण पुष्टि

थप १७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कपिलबस्तुमा ४७ जना, रौटहटमा ५६ जना, बाँकेमा १० जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीमा ४ जना, बारामा ४ जना, पर्सामा ५ जना, सर्लाहीमा ५ जना, म्याग्दीमा १ जना, नवलपरासीमा २ जना...
ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामाग्री लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ना.६ ख.८२६२ नम्बरको ट्रक फुङलिङ–९ कटहरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक बाह्रदशी गाउँपालिका–६ का २९ बर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ करिव ५ बजे अनियन्त्रित भई ट्रक पल्टिँदा चालक तामाङ ...
मृतक पाँच जनाकै टाउकोमा चोट

मृतक पाँच जनाकै टाउकोमा चोट

जाजरकोट । रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चोट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो। बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चोट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्ला...
२०७७ जेष्ठ १६ गते शुक्रबार/आजको राशिफल

२०७७ जेष्ठ १६ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १६ गते शुक्रबार ई. सं. २०२० मे २९, नेपाल सम्बत ११४० तछलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ शुक्ल सप्तमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ब्याघात योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै द...
धनकुटामा दीप प्रज्वलन गरेर मनाइयो गणतन्त्र दिवस

धनकुटामा दीप प्रज्वलन गरेर मनाइयो गणतन्त्र दिवस

धनकुटा । गणतन्त्र दिवसको अवसरमा बिहिबार साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटा बजारको हुलाकटोल स्थित ग्रिनपार्क र हिले स्थित बुद्धचौकमा दीप प्रज्वलन गरिएको हो । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्ध बनाउँन शुभकामना आदान–प्रदान गर्दै दीपावली गरिएको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । दीप प्रज्वलनका क्रम...
लमजुङमा अलपत्र परेका धनकुटेलीको उद्धार

लमजुङमा अलपत्र परेका धनकुटेलीको उद्धार

धनकुटा । लमजुङमा अलपत्र परेका धनकुटेलीलाई उद्धार गरेर जिल्ला ल्याईएको छ । मजदुरीका लागि लमजुङ पुगेका जिल्लाको चौबिसे गाउँपालिका–२ मुढेवासका ८ जनालाई उद्धार गरेर धनकुटा ल्याईएको हो । कामको सिलसिलामा मुढेवासका युवाहरु केही महिना अघि लमजुङ पुगेका थिए । लकडाउनका कारण कामबिहिन भएर अलपत्र परेको थाहा पाएपछि लमजुङको सुन्दरबजार नगरपालिकासँग समन्वय गरेर उनीहरुलाई ल्याईएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन...
बेलबारीमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

बेलबारीमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङ । मोरङको बेलबारीमा आज एक युवाले आमाको हत्या गरी घाँटी रेटेर आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् । जीवनले ईटा प्रहार गरी आमाको हत्या गरेको बेलबारी प्रहरीले जनाएको छ । छोराले हानेको ईटाले लागेर देवीकुमारीको घटनास्थलमै मृत्यु भएको हो । आमाको मृत्यु भएपछि उनले आफै घाँटी रेटेर आत...
सरकारद्वारा १४ खर्बको बजेट सार्वजनिक

सरकारद्वारा १४ खर्बको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.खतिवडाले बताए...
रहेनन् गीतकार रत्नशमशेर थापा

रहेनन् गीतकार रत्नशमशेर थापा

काठमाडौं । गीतकार रत्नशमशेर थापाको बिहिबार निधन भएको छ । ८३ वर्षको उमेरमा बिहिबार दिउँसो करिव १२ बजे थापाको निधन भएको हो । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ लगायत थापाका गीत नेपाली सांगितिक क्षेत्रमा चर्चित छन् ।
नेपालमा कोरोना संक्रमणबाट पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना संक्रमणबाट पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाडौँ । कोरोना संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि गरे । ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल) मा ...
थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौं । बिहिबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, सोलुखुम्बु, सिरहा, सप्तरी, धनुषा, रौतहट, वाँके, बर्दिया, मकवानपुर, कैलाली, दार्चुला लगायत जिल्लामा कोरोना संक्रमित थपिएका हुन् । झापाका थप २५ जना र सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुमा पहिलो पटक संक्रमित भेटिएका हुन् । त्यस्तै सिरहाका ६ जना, सप्तरीका १४ जना, सर्लाहीका ७ जना, धनुषाका २९ जना, नवलपुरका...
धनकुटाका आरडीटी पोजिटिभ देखिएकासहित २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनकुटाका आरडीटी पोजिटिभ देखिएकासहित २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनकुटा । आरडीटी रिपोर्ट पोजिटिभ आएका धनकुटाका एक कर्मचारीको पीसीआर बिधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पाईएको छ । आरडीटी पोजिटिभ देखिएका एकसहित २२ जनाको स्वाब संकलन गरी धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । केही दिनअघि जिल्लाको छथर जोरपाटी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा गाउँपालिका कार्य...
२ सय ३३ कैदीको कैद सजाय मिनाहा

२ सय ३३ कैदीको कैद सजाय मिनाहा

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन्। नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहितका कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरे...
राजनीतिक असहमतिको चपेटामा संविधान संशोधन

राजनीतिक असहमतिको चपेटामा संविधान संशोधन

काठमाडौं । मुलुकको नयाँ नक्सासहितको निशान छाप परिवर्तनका लागि सरकारले संघीय संसद्मा दर्ता गरेको ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ राजनीतिक सहमति नजुट्दा बुधबार प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसम्मतिका लागि मंगलबारको सर्वदलीय बैठकमा आह्वान गरेकामा राजनीतिक दलहरूले छलफल आवश्यक भएको भन्दै समय माग गरेपछि बुधबारको कार्यसूचीबाट हटाइएको हो । प्...
२०७७ जेष्ठ १५ गते बिहिबार/आजको राशिफल

२०७७ जेष्ठ १५ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १५ गते बिहिबार ई. सं. २०२० मे २८, नेपाल सम्बत ११४० तछलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ शुक्ल षष्ठी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, धु्रब योग, कौलब करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्...
थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको...
झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा मेचीनगर नगरपालिका–१२ का २४ बर्षीय रामायण राजवंशीको मृत्यु भएको हो । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा राजवंशी घाईते भएका थिए । उपचारका लागी मनमोहन अस्पताल बिर्तामोड लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
सर्लाहीमा जग्गाको विषयलाई लिएर बुवाको हत्या

सर्लाहीमा जग्गाको विषयलाई लिएर बुवाको हत्या

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए । घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्...
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न बोकेर धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको ना.६ ख.१८८६ नम्बरको ट्रक बिहान करिव ४ बजे धनकुटा नगरपालिका–१० पाल्लेखोला स्थित पेट्रोल पम्प नजिक दुर्घटना भएको हो । ट्रक सडकबाट पल्टिएर डिलमुनी खसेको छ । दुर्घटनामा मानबीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । ट्रकमा रहेका चालक र सह–चाल...
२०७७ जेष्ठ १४ गते बुधबार/आजको राशिफल

२०७७ जेष्ठ १४ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १४ गते बुधबार ई. सं. २०२० मे २७, नेपाल सम्बत ११४० तछलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, पुर्नवसु नक्षत्र, वृद्दि योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखे...
धनकुटामा हावाहुरीको वितण्डा : दर्जनौं पोल ढल्दा जिल्लाभर बिद्युुत अवरुद्ध

धनकुटामा हावाहुरीको वितण्डा : दर्जनौं पोल ढल्दा जिल्लाभर बिद्युुत अवरुद्ध

धनकुटा । धनकुटामा मंगलबार साँझ आएको हावाहुरीले दर्जनौं स्थानमा क्षति पुर्याएको छ । हावाहुरीका कारण जिल्लाभर बिद्युत लाईनका ७० भन्दा बढी पोल ढलेका छन् । ठाउँ–ठाउँमा बिद्युतका पोल ढल्नुका साथै तार चुडिदा जिल्लाभरको बिद्युत अवरुद्ध भएको बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । ‘साँझसम्म ७० भन्दा बढी पोल ढलेको जानकारी आएको छ । हावाहुरीले अझै कति क्षति पुर्यायो यक...
धनकुटामा छ पत्रकारसहित १८३ को स्वाब संकलन

धनकुटामा छ पत्रकारसहित १८३ को स्वाब संकलन

धनकुटा । धनकुटामा मंगलबार छ पत्रकारसहित १८३ जनाको स्वाब संकलन गरिएको छ । पीसीआर बिधिबाट कोरोना परीक्षणका लागि उनीहरुको स्वाब लिइएको हो । धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनीहरुको सम्पर्कमा पुगेकाहरुको कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्ने क्रम चलिरहेको छ । सोही क्रममा संक्रमितको सम्पर्कमा पुगेका र फन्टलाईनमा काम गर्नेहरुको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमु...
error: Content is protected !!