काठमाडौं । शनिवार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संखुवासभा, झापा, सिरहा, सप्तरी, कपिलबस्तु लगायत जिल्लामा संक्रमित थपिएका हुन् ।
कपिलबस्तुका थप १०९ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका १७ जना, दैलेखका १४ जना, सिरहाका ११ जना, धनुषाका ७ जना, रौतहटका ६ जना र दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै संखुवासभामा दुई जना, झापामा १ जना, पर्सामा २ जना, ललितपुरमा १ जना र बारामा १ जनामा संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।