- संगालोखबर सम्बाददाता

काठमाडौं । शनिवार थप १३ जना कोरोनामुक्त भएका छन् । टेकु अस्पतालको आईसोलेशनमा रहेका काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यस्तै बलम्बुस्थित कोभिड युनिफाइड अस्पतालबाट ९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । अछाम घर भई बाँकेमा बस्दै आएका पुरुष पनि डिस्चार्ज भएका छन् भने रुकुम घर भई ललितपुर रहदै आएका पुरुष पनि निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुँनेको संख्या २१९ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ सय १ छ । जसमध्ये ६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ भने वाँकी ११ सय ७६ को उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!