संगालोखबर सम्वाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

Advertisement

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.खतिवडाले बताए । चालु, पुँजीगत र वित्तीय व्यवस्था अन्तर्गतको यो बजेट कुल बजेट खर्चको क्रमशः ६०.५० प्रतिशत, २६.६ प्रतिशत र ११.७ प्रतिशत हो ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब, आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाईनेछ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ…

[pdf-embedder url=”https://sangalokhabar.com/wp-content/uploads/2020/05/Nepal-Budget_077-78_jeth-15.pdf”]

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!