काठमाडौँ । कोरोना संक्रमणका कारण अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गरेको हो ।
नियमित पत्रकार सम्मेलनमा शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको जानकारी दिए ।
भारतबाट आएका उनको जेठ १० गते मृत्यु भएको थियो । स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक, बाँके, गुल्मी, ललितपुर र बारामा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
शुक्रबार दिउँसोसम्म नेपालमा १ हजार २ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ ।