धनकुटामा सडक छेउको घर भत्काउँदै यसरी पल्टियो ट्रक (फोटो फिचरसहित)
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा गएराती ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को.१ ख.४३६६ नम्बरको ट्रक राती करिव साढे ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रक चालक सिन्धुपाल्चोक घर भई मोरङको सुन्दरहरैंचा–९ बस्दै आएका २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य...


























