Avatar photoRabin Katel

बिराटनगर । बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ दरैयाबाट २२ बोतल लागुऔषध कोरेक्ससहित स्थानीय १९ बर्षीय सुधिर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका पासवानको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement