बिराटनगर । अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धालाई हजारौं डलर ठगी गरेको आरोपमा बिराटनगरका दुई जना पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट पक्राउ गरेको हो ।

Advertisement

८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो । ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो ।

तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनको प्रहरीलाई यसबारे जानकारी दिइन् । पुनः सोही समूहले वृद्धासँग पाँच हजार डलर मागेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् । गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो । उनीहरुलाई दुई महिनापछि अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइनेछ ।

स्रोतः नाइनन्यूज डट कम

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!