झापा । झापामा पानी जमेको खाल्डोमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ कंचनवारीका श्याम कुमार टुडुकी साढे १ बर्षीया छोरी अनुसाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
दिउँसो पौने ३ बजे घरमै खेल्ने क्रममा नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बालिका मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।