उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी व्यक्ति घाईते भएका छन् । झडपमा परी १० जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका हुन् ।
नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । भ्रष्टचारको छानविन गर्न माग गर्दै गरिएक...



























