ओखलढुङ्गामा खोलाले बगाउँदा एक जना बेपत्ता

ओखलढुङ्गामा खोलाले बगाउँदा एक जना बेपत्ता

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । स्थानीय लिखु खोलाले बगाउँदा चम्पादेवी–१० का ३६ बर्षीय रोहित ढुंगेल बेपत्ता भएका हन् । गाई किनेर लिखु खोला किनाराको बाटो हुँदै रोहित र उनका बुबा घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर खोलामा खस्दा रोहित बेपत्ता भएका हुन् । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
खोटाङमा चिर्पटले हानेर छिमेकीको हत्या

खोटाङमा चिर्पटले हानेर छिमेकीको हत्या

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा गएराती एक युवाले चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेका छन् । केपिलासगढी–१ का २७ बर्षीय राकेश राईले राती करिब ९ बजे स्थानीय ५६ बर्षीय जबरधन राईलाई चिर्पटले हानेर हत्या गरेका हुन् । सामान्य विवादका क्रममा आबेगमा आई राकेशले चिर्पटले हान्दा जबरधनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राकेशले चिर्पट प्रहार गर्दा जबरधन घाईते भएका थिए । उपचारक...
महाधिवेशन नजिकिदै गर्दा काँग्रेस भित्र शक्ति संघर्षको खेल, शक्ति बटुल्दै देउवा

महाधिवेशन नजिकिदै गर्दा काँग्रेस भित्र शक्ति संघर्षको खेल, शक्ति बटुल्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी ७–१० फागुनका लागि तय भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र शक्ति संघर्षको खेल सुरु भएको छ । महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । कतिपय नेताले भेटघाटका लागि सम्पर्क कार्यालय खोलिसकेका छन् । हाल प...
२०७७ साउन २२ गते बिहिबार/आजको राशिफल

२०७७ साउन २२ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन २२ गते बिहिबार ई. सं. २०२० अगस्त ६, नेपाल सम्बत ११४० गुंलागा तृतीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण तृतीया , चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, अतिगंड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ६:५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको या...
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

काठमाडौं । ललितपुर केन्द्रबिन्दु भएर आज अपरान्ह भूकम्प गएको छ । ललितपुरको बङ्गामुखीलाई केन्द्रबिन्दु बनाएर अपरान्ह ४ः३० बजे ३.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ललितपुर, काठमाडौं भक्तपुर लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गएराती पनि थापाथलीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
बिराटनगरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

बिराटनगरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

विराटनगर । बिराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आईसोलेशनमा उपचारका क्रममा विराटनगर–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । कलेजोसम्बन्धि समस्याबाट पनि ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या तीन पुगेको छ । यसअघि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्...
प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

मोरङ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको छ । गतवर्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९८३ ह...
सुनको मूल्य तोलाको एक लाख नाघ्यो

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

काठमाडौं ।  पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला आज छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने अनुमान गरिएको ...
मृत मानिस जीवित हुँने आशमा पाँच दिनसम्म घरमै राखियो लास

मृत मानिस जीवित हुँने आशमा पाँच दिनसम्म घरमै राखियो लास

कैलाली । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिराम...
ठूला व्यापारी र उद्योगीको मिलेमतोमा चिनीमा कालोबजारी

ठूला व्यापारी र उद्योगीको मिलेमतोमा चिनीमा कालोबजारी

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो । व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ । नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँद...
२०७७ साउन २१ गते बुधबार/आजको राशिफल

२०७७ साउन २१ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन २१ गते बुधबार ई. सं. २०२० अगस्त ५, नेपाल सम्बत ११४० गुंलागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्धितीया, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, शोभान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ६ ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा र...
इटहरीमा लकडाउन घोषणा

इटहरीमा लकडाउन घोषणा

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा पाँच दिनका लागि लकडाउन घोषणा गरिएको छ । इटहरी उपमहानगरपालिकाको आज बसेको बैठकले उपमहानगर क्षेत्र भित्र आज राती १२ बजेदेखि २५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमित थपिदै गएपछि त्यसलाई न्यूनिकरणका लागि लकडाउन घोषणा गरिएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ ।
धनकुटामा मास्क नलगाउँने १९ जनालाई पक्राउ गरेर तिराइयो जरिवाना

धनकुटामा मास्क नलगाउँने १९ जनालाई पक्राउ गरेर तिराइयो जरिवाना

धनकुटा । धनकुटा बजारमा मास्क नलगाई हिड्ने १९ जनालाई पक्राउ गरेर जरिवाना तिराइएको छ । बजारका बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी जरिवाना तिराएर छाडिएको हो । गत शुक्रबार ६ जना र आईतबार १३ जनालाई पक्राउ गरेर कारबाही गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । ‘बजारका बिभिन्न स्थानमा मास्क नलगाई हिड्नेहरुलाई माक्स लगाउँन सचेत गराउँदा अटेर गरेपछि पक्राउ गरेर जरिवाना तिराएका हौ ।’...
बिराटनगरमा मृत्यु भएका कोरोना संक्रमितको शवलाई सेनाले जंगलमा लगेर गर्यो अन्त्येष्टि

बिराटनगरमा मृत्यु भएका कोरोना संक्रमितको शवलाई सेनाले जंगलमा लगेर गर्यो अन्त्येष्टि

विराटनगर । बिराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको शवलाई कानेपोखरीको जंगलमा लगेर अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा हिजो मृत्यु भएका बिराटनगर–५ का ७७ बर्षीय बृद्धको शवलाई नेपाली सेनाले आज अन्त्येष्टि गरेको हो । स्वास्प्रश्वासमा समस्या आएपछि उपचारका लागि कोशी अस्पताल पुर्याईएका उनको आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा स्वाब संकलन गरेर पीसीआर पर...
१४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

१४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उनले बताए । ‘पीडित बाल...
धनकुटाको सितलपाटीकी सजिना बनिन् कागती स्तम्भ तस्वीर प्रतियोगिताको बिजेता

धनकुटाको सितलपाटीकी सजिना बनिन् कागती स्तम्भ तस्वीर प्रतियोगिताको बिजेता

धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कागती स्तम्भ तस्वीर प्रतियोगितामा धनकुटा–७ सितलपाटीकी सजिना बस्नेत बिजयी भएकी छन् । कागतीको स्तम्भमा खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्वीरमा सर्वाधिक ७ हजार ४ सय लाईक पाउँदै बस्नेत बिजयी बनेकी हुन् । एक महिने प्रतियोगितामा सर्वाधिक लाईक पाउँने बस्नेतलाई आज बिजयी घोषणा गरिएको हो । त्यस्तै ६ हजार ६ सय लाईकसहित धनकुटा–४ देब्रेबासकी अस्...
२०७७ साउन २० गते मंगलबार/आजको राशिफल

२०७७ साउन २० गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन २० गते मंगलबार ई. सं. २०२० अगस्त ४, नेपाल सम्बत ११४० गुंलागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, आयुष्मान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ६:५१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिश...
बिराटनगरमा कोरोना संक्रमितको मृत्यु

बिराटनगरमा कोरोना संक्रमितको मृत्यु

बिराटनगर । बिराटनगरमा आज कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा बिराटनगर–५ बिजुली अफिस नजिकका ७७ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो । केहीदिन अघिदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज बिहान उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा बिहान स्वाब संकलन गरिएका उनको मृत्यु पश्च...
प्रदेश १ का थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना डिस्चार्ज

प्रदेश १ का थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ का थप ५७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । ९ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा मोरङ, झापा र सुनसरीका १८ महिला र ३९ पुरुषमा कोरोना संक्रमण भेटिएको हो । मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सबैभन्दा धेरै १६ पुरुष र ६ महिला गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी...
धनकुटामा ट्रक दुर्घटना, सडक अवरुद्ध

धनकुटामा ट्रक दुर्घटना, सडक अवरुद्ध

धनकुटा । धनकुटा बजार नजिक ट्रक दुर्घटना भएको छ । धनकुटा नगरपालिका–६ टाईगरहिल नजिक ट्रक पल्टिएको हो । धरानबाट खाद्यान्न लिएर हिले जाँदै गरेको को.१ ख.४२२८ नम्बरको ट्रक गएराती करिब २ बजे सडकमा पल्टिएको हो । ट्रक पल्टिँदा खाद्यान्नमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन । ट्रक पल्टिँदा टाईगरहिलबाट आत्मारा र खाल्डे जाने सडक अवरुद्ध भएको छ । कोशी राजमार्गमा गुड्दै गरेको ट्रक पल्टिएर सहायक मार्गमा ...
लेटाङमा लागुऔषधसहित एक जना पक्राउ

लेटाङमा लागुऔषधसहित एक जना पक्राउ

बिराटनगर । मोरङको लेटाङ नगरपालिका–८ जाँतेमा नियन्त्रीत लागुऔषधसहित एक जना पक्राउ परेका छन् । स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा–३१६ ट्याब्लेट र डिकोलिक–३८८ ट्याब्लेटसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । को.२ ह ६१७४ नम्बरको टेम्पोमा सवार मगरलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो । लागुऔषधसहित मगर र टेम्पो नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका–३ हाँतातुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाईते भएका छन् । आईतवार साँझ सवा ७ बजे बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश १ ०२–००३ त.५८८ नम्बरको ट्याक्टर आनियन्त्रीत भई सडकबाट करिब ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाईते भएका आमचोक गाउँपालिका–३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा ...
धनकुटामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

धनकुटामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यु भएको हो । गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यु भएको स्थानीय अर्जुन याखाले संगालोखबरलाई जानकारी दिए । ‘गाईबस्तु लिएर गोठालो जानु भएको थियो । खोला तर्ने क्रममा काठे पुलबाट च...
लघुकथा: अहम

लघुकथा: अहम

नरेश उस उमेरमा अहमताले टम्म भरीएका मानिस हुन् । अहंकार र घमण्ड दाँया बाँया साथै लिएर हिँड्दथे । ओल्टेकोल्टे हेर्दैनथिए,आफ्नै तालमा गजक्क पर्दथे । निकै राम्रो र रवाफिलो पोस्टमा उनको जागिर थियो । कडा थिए । कर्मचारी डरले थुर्थुर हुन्थे । समय काल र शासन व्यवस्था पनि उस्तै थियो । त्यसले पनि सघाएकै हुनुपर्छ । छर-छिमेकी पनि सम्मान र अदबले बोल्थे । त्यही भएर होला उनी आफू आँफैँलाई निकै ठूलो ठान्थे । घरी...
धनकुटाको जोरपाटीमा प्रहरी चौकी उद्घाटन

धनकुटाको जोरपाटीमा प्रहरी चौकी उद्घाटन

धनकुटा । धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकी उद्घाटन गरिएको छ । जोरपाटी वजारमा स्थापना गरिएको प्रहरी चौकीको गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्वु र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयको ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्री परिषद्को निर्णयले छथरजोरपाटीमा प्रहरी चौकीको नयाँ दरवन्दी स्वीक...
सिन्धुपाल्चोकमा पहिरोले पुर्दा ८ जना बेपत्ता, एक जनाको जीवितै उद्धार

सिन्धुपाल्चोकमा पहिरोले पुर्दा ८ जना बेपत्ता, एक जनाको जीवितै उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पहिरोले घर पुर्दा ८ जना बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ । प्रदेश सरकारले निर्माण गर्दै गरेको कबर्डहलमा निर्माणको काम गर्दै आएका मजदुर बसेको घर पहिरोले पुरेको हो । राती करिब २ बजे पहिरोले घर पुर्दा सोही घरमा सुतेका ८ जना मजदुर पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । एक जना भारतीय मजदुरलाई भने सकुशल उद्धार गरिएको हो । नेपाली स...
कोरोना संक्रमण बढ्नुमा हेलचेक्र्याइँ नै प्रमुख कारक

कोरोना संक्रमण बढ्नुमा हेलचेक्र्याइँ नै प्रमुख कारक

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय स...
२०७७ साउन १९ गते सोमबार/आजको राशिफल

२०७७ साउन १९ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल साउन १९ गते सोमबार ई. सं. २०२० अगस्त ३, नेपाल सम्बत ११४० गुल्लाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पुर्णिमा चन्द्रमा मकर राशिमा, उतरषाढा नक्षत्र, प्रीति योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ६:५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा ...
धरानमा खसी चोर्ने चार जना पक्राउ

धरानमा खसी चोर्ने चार जना पक्राउ

धरान । धरानमा खसी चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खसी चोरेर लैजादै गरेको अवस्थामा धरान–२० बाट चार जना युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको बेलबारी–११ का १९ बर्षीय रोशन पराजुली, सुन्दरहरैंचा–७ का २९ बर्षीय डम्बरबहादुर मगर, ईलाम माईजोगमाई–९ का २० बर्षीय बिशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षीय बिबेक तामाङ छन् । शनिवार दिउसो करिब ३ बजे धरान–१३ का...
कविता: कोरोना महामारी

कविता: कोरोना महामारी

घन्क्यो संकट धुन यो जगतमा सन्त्रासको वेगले बढ्दै छन् दिन रात विश्व भरमा लाखौँ बिरामी मरे बाँझो भैदियो उर्बरा धरणी यो मान्छे बिचल्ली किन ? बुज्दैछैन करुण भाव यसले मान्छे रुवायो किन ? बाटैमा अनि बस्छ जो मनुज यो आशा भरोसा गरी जान्छु आश्रम त्यै भनेर झुपडी रित्ता भकारी भरी छोयो रे अब विश्वमा दिन-दिनै मान्छे गयो मासिन को हेर्ला अब त्यो गरिब जनको कस्तो विपद्को दिन । सङ्घार् नाघिसक्यो निचो...
आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई कमल थापाको निर्देशन

आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई कमल थापाको निर्देशन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी सम्वद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता बिषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । मुलुकमा अहिल...
error: Content is protected !!