- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बिराटनगर । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका—३ बासबारी चोकमा पसल अगाडि टेन्ट लगाउँने क्रममा करेन्ट लागेर बिराटनगर महानगरपालिका—११ का ३६ बर्षीय गोपाल कामतको मृत्यु भएको हो ।

बासबारी चोकको मिठाई पसल अगाडी टेन्ट लगाउने क्रममा हाईटेन्सन लाईनमा टच भई करेन्ट लाग्दा कामत घाईते भएका थिए । घाईते भएका कामतलाई उपचारका लागि बिराट मेडिकल कलेज लगिएको थियो । उपचार कै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!