धनकुटाकी क्यान्सरपीडित ४ बर्षे बालिकाको उपचारका लागि जुट्यो ३ लाख ७६ हजार रकम
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी क्यान्सरपीडित ४ बर्षे बालिका साक्षी लिम्बूको उपचारका लागि ३ लाख ७६ हजार रकम संकलन भएको छ । हात्तिखर्कका गणेश तिगेला लिम्बूकी ब्लड क्यान्सर पीडित छोरी साक्षीको उपचारका लागि ३ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ रकम संकलन भएको हो ।
छथर जोरपाटी गाउँपालिका खेलकुद बिकास समितीको अगुवाईमा सञ्चालन गरिएको ‘साक्षी लिम्बू बचाउ अभियान’ बाट संकलित उक्त रकम आईत...




























